5 years ago
May 8, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहँदा ज्लाटान इब्राहिमोभिच र इडिन्सन काभानीबीच सम्बन्ध राम्रो नरहेको एफसी लरेन्टका पूर्व डिफेन्डर मिचेल सिएनीले बताएका छन् । इब्राहिमोभिच र मिचेलले एलए ग्यालेक्सीमा सँगै खेलेका थिए ।
उनका अनुसार इब्राहिमोभिच काभानीलाई खासै मन पराउदैन थिए । काभानी र इब्राहिमोभिच तीन सिजन (सन् २०१३ देखि २०१६) सम्म सँगै पिएसजीमा बिताएका थिए । तर उनीहरुबीच आपसी तालमेल खासै देखिएन । काभानी अहिले पनि पिएसजीका हिस्सा छन् । २०१८ मा एएलए ग्यालेक्सीमा हुँदा इब्राहिमोभिचले आफुसँग काभानीको सम्बन्धका बारेमा थाहा भएको मिचेलले बताएका छन् । इब्राहिमोभिचले काभानीसँग सम्बन्ध राम्रो नरहेको बताएका थिए ।
पिएसजीमा उनको कसैसँग राम्रो सम्बन्ध हुन सकेन भने ती काभानी हुन्,’ मिचलले भने, उनले मलाई भनेका थिए, खेल जीवनभरमा तीन चार खेलाडीलाई उनी घृणा गर्छन् । ती मध्ये काभानी एक हुन् । ‘
२०१४ लिग वानको च्याम्पियन टोलीमा मुख्य स्ट्राइकर को भन्नेमा यी दुई खेलाडीबीच विवाद थियो । उरुग्वेली फरवार्ड काभानी ५५ मिलियनमा पिएसजीमा पुगेका थिए । तर, काभानीले भने उनीहरुबीच कुनै विवाद रहेको अस्वीकार गर्दै आएका थिए । ‘इब्रालाई म आफ्नो सहकर्मी रुपमा चिन्छु । उनको बारेमा मलाई नकारात्मक केहि भन्नु छैन , उनले त्यति बेला भनेका थिए, ‘पिएसजीमा उनको कारण धेरै सकारात्मक भएको छ ।’
यो सिजन मात्रै कोभानीले पिएसजीको सर्वाधिक गोल गर्ने इब्राहिमोभिचको कीर्तिमानलाई भंग गरेका थिए । इब्राहिमोभिच भने जनवरीमा एलए ग्यालेक्सीबाट सिरिए टोली एसी मिलान पुगेका थिए ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]