default_image

5 years ago

May 7, 2020

फर्गुसनको अधुरो सपना

128 views

0 Bookmark

एजेन्सी – सर एलेक्स फर्गुसन विश्वको क्लब फुटबल जगतका सर्वाधिक सफल प्रशिक्षकमा गनिन्छन् । म्यानचेस्टर युनाइटेडमा साढे दुई दशक भन्दा बढी बिताएका फर्गुसनले क्लब स्तरमा जित्न बाँकी सायदै कुनै उपाधि होला ।

सन् २०१३ मा आश्चर्यजनक रुपमा सन्न्यास लिएका फर्गुसनले आफ्नो ठूलो योजना सफल हुन नसक्दा खेलबाट टाढा हुन पुगेको खुलासा भएको छ । युनाइटेडका पूर्व खेलाडी प्याट्रिस एभ्राले एक अन्तर्वार्ताका क्रममा फर्गुसनको महत्त्वाकांक्षी योजना र त्यसको नतिजाका बारेमा बताएका छन् । एभ्राका अनुसार फर्गुसनले त्यस सिजनको अन्त्यतिर एक्कासी अब फुटबलबाट टाढा हुने निर्णय लिँदा सबैजसो आश्चर्यमा परेको बताए ।

एभ्राका अनुसार फर्गुसन आफ्नो करीअरको अन्त्य च्याम्पियन्स लिग उपाधि जितेर गर्न चाहन्थे । जसका लागि उनले क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेललाई अनुबन्ध गर्दै विश्वकै सर्वोत्कृष्ट टोली खडा गर्न चाहन्थे । सिजन अन्त्य निजिकिंदै जाँदा फर्गुसनले आफ्नो योजनालाई कार्यान्वयन गर्न खोजे ।

रोनाल्डोलाई युनाइटेड फर्काउने प्रयासमा रियल म्याड्रिडको अगाडी उनको केहि लागेन । र योजना असफल भएको दुई साताभित्र नै उनले फुटबल छाड्ने निर्णय गरिसकेका थिए । यता टोटेनहममा त्यस समय चर्चा कमाइरहेका बेललाई पनि अध्यक्ष ड्यानीएल लेभीले इंग्लिस टोलीमा नबेच्ने भनेपछि फर्गुसन निराश भएका थिए ।

एभ्राले फर्गुसनको योजनामा मुख्य रुपमा रोनाल्डो र बेल रहेको बताए । ‘ फर्गुसनले मलाई आफू अहिले नै सन्न्यास नलिने बताएका थिए । उनले रोनाल्डो र बेललाई टोलीमा समेट्न सकेको खण्डमा ९९ प्रतिशत पक्का च्याम्पियन्स लिग जित्न सक्ने बताएका थिए । तर रोनाल्डोले त्यसबेला युनाइटेड फर्कने इच्छा देखाएपनि रियलले उनलाई जान दिएन,’ एभ्राले सुनाए ।

फर्गुसनले आफ्नो योजना सफल नभएपछि २७ वर्ष प्रशिक्षण गरेको क्लब प्रिमियर लिग उपाधिसहित अन्त्य गरेका थिए । उनले च्याम्पियन्स लिग जित्ने आफ्नो धोको भने पूरा गर्न सकेनन् । रोनाल्डोसँगै बेल त्यसपछि रियल म्याड्रिडमा गएर च्याम्पियन्स लिगमा वर्चस्व जमाउन सफल भएका थिए ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.