default_image

5 years ago

May 7, 2020

बार्सिलोना र रियलका खेलाडी प्रशिक्षणमा फर्किए

117 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडका खेलाडीहरु बुधबारबाट टोलीको प्रशिक्षणमा फर्किएका छन् । बार्सिलोनाको नेतृत्व कप्तान लियोनेल मेस्सीले गर्दा रियलको नेतृत्व बेल्जियन फरवार्ड इडेन हजार्डले गरेका थिए । उनीहरु कोरोना परिक्षणपछि प्रशिक्षणमा गएका हुन् । 

 

बुधबार मेस्सी र हजार्डसँगै अन्य स्टार खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर झन्डै महिनापछि प्रशिक्षणमा फर्कनुअघि कोरोना परिक्षणमा सहभागी भएका थिए । कोरोनाको कारण गएको मार्च दोस्रो साताबाट विश्व खेलकुद गतिविधि ठप्प छ । ला लिगाले अर्काे महिनाको मध्य साताबाट स्पेनिस ला लिगा पुन सुचारु गर्ने योजना बनाइरहेपछि ला लिगा क्लबहरु प्रशिक्षणमा फर्किएका हुन् ।

एन्टोइन ग्रिजमन, थिवाउट कोर्टुवा र लुइस सुआरेज लगायतका खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर परिक्षणमा उपस्थित हुदा बार्सिलोनाका सर्जि रोवर्टाेले मेडिकल परिक्षण गरिहेको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । ला लिगाले बार्सिलोनालाई प्रशिक्षणको लागि ग्रीन लाइटको सिग्नल दिएको छ ।

फ्रान्की डि जोङ, आर्टुरो भिडाल, अन्सु फातीले परिक्षणपछि बार्सिलोनाको प्रशिक्षण मैदानमा पुगेका थिए । रियलका कप्तान सर्जियो रामोस र प्रशिक्षक जिनेदिन जिदान पनि सुरक्षात्मक रुपमा नै प्रशिक्षण स्थल पुगेका थिए ।

ला लिगा अध्यक्ष जेभियर टेवासले ला लिगा पुनः सुचारु गर्ने उद्देश्यअनुरुप खेलाडीको कोरोना परिक्षण गरिएको बताएका छन् । उनका अनुसार स्पेनका शीर्ष दुई डिभिजनका क्लबका खेलाडीहरुको कोरोना परिक्षण गरिनेछ ।

ला लिगाले एक क्लबबाट कम्तीमा पनि ३० खेलाडीको कोरोना परिक्षण गर्नेछन् । उनीहरुका कोरोना नेगेटिभ देखिए प्रशिक्षणमा सामेल हुन पाउनेछन् । कोरोना पोजटिभ देखिने खेलाडी क्वारेन्टिमा बस्नुपर्नेछ ।

यो चार चरणमा हुनेछ । पहिलो चरणमा कोरोना परिक्षण, दोस्रो चरणको एकान्त प्रशिक्षण, तेस्रो चरणमा समुह प्रशिक्षण र चौथो चरणमा पुर्ण टिमको प्रशिक्षण अघि बढाइनेछ । कोरोना परिक्षणमा खेलाडीहरु सकरात्मक नै रहेका छन् । केही क्लबहरुले अहिले नै प्रशिक्षण थाल्दा खेलाडीहरुलाई कोरोना संक्रमण हुन सक्ने बताइरहँदा ला लिगा अध्यक्ष टेवासले धेरै सावधानी अपनाइरहेको बताएका छन् ।

अध्यक्ष टेवासले खेलाडीहरुको प्रशिक्षण वातावरणलाई सुरक्षित बनाउन २४ पेज लामो विशेष रिपोर्ट तयार पारिएको र यो सबै क्लबलाई पठाइसकेको बताएका छन् । रिपोर्टअनुसार खेलाडीले प्रशिक्षणमा जानुअघि अनिवार्य कोरोना परिक्षण गर्नुपर्नेछ । कोचिङ स्टाफ र आवश्यक स्टाफ (खेलाडीसँग नजिक रहेर काम गर्नेहरु) को पनि सिजन सुरु हुनुभन्दा अघि तीनपटकसम्म कोरोना परिक्षण गरिनेछ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.