5 years ago
May 7, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । डिबालाले झन्डै ८ सातापछि कोरोनालाई जितेका हुन् ।
६ साताको बीचमा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि डिबाला पुनः आइसोलेसनमा रहेर उपचार गराइरहेका थिए । युभेन्टसले बुधबार राति डिबाला कोरोनामुक्त भएको विज्ञप्तिमा उल्लेख गरेको छ । डिबाला र उनकी प्रेमिका दुवैले मार्च २१ मा कोरोना संक्रमण रहेको सार्वजनिक गरेका थिए ।
त्यसबेला उनलाई कुनै किसिमको कठिनाइ नरहेको र आफ्नै अपार्टमेन्टको क्वारेन्टिन बसेको बताएका थिए । तर,पछिल्लो समय उनको अवस्थामा केहि समस्या आएको र परिक्षणमा पनि पोजिटिभ नै देखिएको छ । ‘अब डिबाला स्वस्थ्य भइसकेको छ । उनी अब घरभित्र नै रहनुपर्ने छैन । उनले म ठीक छु भनेर पुष्टि गर्न सक्नुहुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
इटली सरकारले क्लबहरुलाई प्रशिक्षणमा अनुमति दिएपछि युभेन्टसले पनि मंगलबारदेखि नै प्रशिक्षण शुरु गरिसकेको छ । भर्खरै कोरेनालाई जितेका डिबाला अब कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्दै प्रशिक्षणमा फर्कन सक्नेछ । युभेन्टसका अन्य दुई खेलाडी ड्यानियल रुगानी र ब्लेइस म्याथुइडीले यसअघि नै कोरोनालाई जितिसकेका छन् ।
‘मेरो अनुहारले नै यो सब भनिरहेको छ । तपाईलाई सत्य कुरा भन्नु छ, मैले कहिले सोचेको थिइन कि मैले खेल्ने र अभ्यास गर्ने कुरा हराइरहेको छु ।’ डिबालाले इन्स्टाग्राम लाइभमा भने, ‘मलाई लाग्छ कि मैले अभ्यास गर्नुपर्दछ । मेरो टोलीका साथी र साथीहरु हेर्नुहोस उनीहरुले कम्तीमा पनि बल छुन पाएका छन् । मैले घरमा बल छुन पाएको छैन । मलाई बुट लगाएर दौडन र गोल गर्ने सोच आएको छ । खेलाडीको लागि हर चीज महत्वपुर्ण हुन्छ ।’
सन् २०१४ मा पालेर्मोबाट युभेन्टस आएका उनले पछिल्लो समय आक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले हालसम्म २ सय १६ खेल खेल्दै ९१ गोल र ३६ असिस्ट दिएका छन् । गत सिजन युभेन्टसले उनलाई अन्यत्र पठाउने तयारी गरेपनि अन्तिम समयमा उनले क्लबमै रहने निर्णय गरेका थिए ।
कोरोनाबाट प्रभावित राष्ट्रमा इटली पनि रहेको छ । इटलीमा २ लाख १० हजार बढीमा कोरोना संक्रमण देखिदा २९ हजार बढीले ज्यान गुमाएका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]