5 years ago
May 7, 2020
एजेन्सी – क्लब छाड्ने तमाम चर्चाका बाबजुद क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले बार्सिलोनासँगको सम्झौता भर नै क्लबमा रहन चाहेका छन् । क्रोएसियन मिडफिल्डर नयाँ सिजनमा एट्लेटिको म्याड्रिड या सेभिल्ला फर्कने चर्चाका बीच उनको इच्छा भने अर्कै रहेको बताइएको छ ।
बार्सिलोनासँग उनको सम्झौता सन् २०२०/२१ सिजनको अन्तिम सम्म रहेको छ । क्लब भने उनलाई बिक्रि गरेर क्लबलाई आर्थिक रुपमा बलियो बनाउन चाहन्छ । तर, उनी भने तत्काल क्याप नोउ छाड्न चाहदैनन् । उनी सम्झौता हुन्जेल बार्सिलोना बसेर फ्रि एजेन्टाम आफुले क्लब रोजेर जान चाहन्छन् ।
बार्सिलोनाले भने आकर्षक आर्थिक प्रस्ताव आएको खण्डमा भने साल्केका पूर्व मिडफिल्डरलाई विक्री गर्ने पक्षमा रहेको छ । यद्दपी उनका लागि अझै पनि राम्रो प्रस्ताव आउने सम्भावना भने रहेको छ । युभेन्ट्सका फेडोरिको ब्रेनाडेस्ची र राकटिक सट्टा गर्ने विषयमा पनि छलफल भएको थियो । तर उनी त्यहाँ जान खासै इच्छुक देखिएनन् ।
राकिटिचले यसअघि सेभिल्लाबाट पनि खेल्दै सफलता पूर्वक युरोपा लिगको उपाधि जितेका थिए । उनले हाललाई अन्यत्र जाने योजना नबनाएपनि बार्सिलोनाले भने अर्को सिजन उनलाई आफ्नो योजनामा समेट्ने सम्भावना कम छ । बढ्दो उमेर र सम्झौता नवीकरण नगर्ने भएकाले उनलाई समयमा नै अन्य क्लबमा विक्री गर्ने देखिन्छ । क्लबले नयाँ खेलाडीका लागि ठाउँ बनाउन पनि आर्थिक रुपमा राकीटिचलाई राख्न चाहन्न ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]