9 years ago
August 3, 2016
रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ।
टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने रुस्लान थ्री स्टार क्लब नै पहिलो टोलि हो।
ए.एफ.सी कपका लागि क्लबले २० खेलाडिहरुलाई अनुबन्धित पनि गरिसकेको छ।
खेलाडीको नामावली यसप्रकार छन्: एलेन न्यौपाने, बिनय श्रेष्ठ, अविशेक बराल (गोलरक्षक) | रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार (डिफेन्डर) | बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ (मिडफिल्डर) | बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, सुसान श्रेष्ठ (फरवार्ड) रहेका छन्। क्लबमा दुइ विदेशी खेलाडीमा नाइजेरियाका पिटर सेगुन र मार्टिन्स कायोडे अजायी रहेका छन्।
प्रतियोगितामा थ्री स्टार क्लब समूह ‘बि’मा परेको छ। थ्री स्टार संगै समूहमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लब र कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लब रहेका छन्। थ्री स्टारले अगष्ट २१ तारिखमा आयोजक एर्चिमको सामना गर्नेछ भने अगष्ट २३मा नागावोर्ल्डसंग खेल्नेछ। तिन समुहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तिनै समुहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ।
यस प्रतियोगिताको तयारीको लागि रुस्लान थ्री स्टार क्लब र नेपाल ए.पी.एफ क्लब आगामी साउन २१ गते दिनको ४:०० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल खेल्दैछन। खेलको लागि टिकट दर रु.५०० र रु.२०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]