default_image

5 years ago

May 6, 2020

बुन्डेसलिगा अर्को साताबाट सुचारु हुने

128 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का गत मार्च पहिलो सातादेखि स्थगित रहेको जर्मन बुन्डेस लिगा अर्काे साताबाट सुरु हुने भएको छ । जर्मन सरकारले खेल गतिविधिको लागि ‘ग्रीन लाइट’ को संकेत दिने भएपछि जर्मन बुन्डेस लिगा आयोजकले १५ मेबाट लिग शुरु गर्ने योजना अघि सारेको हो ।

जर्मनीकी चान्सेलर एन्जेला मर्केलले कोरोना संक्रमणलाई नियन्त्रणमा राख्नको लागि उपायहरु अपनाइने र यसबारे बुधबार कल कन्फ्रेसबाट घोषणा गर्नेछिन् । यसअघि बुन्डेस लिगा ११ मेबाट सुचारु गर्ने निर्णय गरिएपनि प्रशिक्षण दौरान कोल्नका तीन जना अफिसियलमा कोरोना पोजेटिभ देखिएपछि मिति सारिएको थियो । तर, अब अर्काे मिति नतोकिने र १५ मे बाट बुन्डेस लिगा शुरु हुनेमा बुन्डेस लिगा आयोजक विश्वस्त रहेको छ ।

बुन्डेसलिगा खेलहरु भने बन्द रंगशालामा हुनेछन् । जर्मनी राज्यका मन्त्रीहरुले ११ मेबाट ठुला ठुला पसललगायत यातायात खोल्न ग्रीन लाइट दिनेछन् । जर्मनीमा सोमबारदेखि लकडाउन खुकुलो पारिएको छ । म्युजियम, हेयर ड्रेसर, चर्च र कारखानाहरु उच्च निगरानीका साथ खोलिएका छन् । कोरोना नियन्त्रणमा युरोपका अन्य राष्ट्रहरुभन्दा जर्मनी बढी सफल देखिएको छ । जर्मनीको शीर्ष डिभिजनको दुई लिगमा आबद्ध कुल १७ सय २४ जनाको परिक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको लिगले जनाएको छ ।

जर्मन फुटबल लिगले सोमबार शीर्ष दुई डिभिजन आबद्ध खेलाडी र स्टाफहरु गरि १० जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । यसै साता शीर्ष डिभिजनको क्लब कोल्न तीन जना स्टाफमा कोरोना देखिएको थियो । तर, पनि क्लब आफ्नो प्रशिक्षणलाई जारी राखेका छन् । सबै दुई साताको लागि क्वारेन्टाइनमा रहेका छन् ।

बुन्डेस लिगा क्लबहरुले गएको महिनाबाट सामाजिक दुरी कायम राख्दै प्रशिक्षण सुरु गरेका थिए । लिग मार्च पहिलो साताबाट स्थगित गरिएको थियो । बुन्डेसलिगामा ९ चरणको खेल बाँकी रहेका छन् । बुन्डेसलिगा सुचारु हुँदा खेलाडीहरुले केही अनौठो अनुभुति पक्कै गर्नेछन् । खेलाडीहरु मास्क लगाएर खेल्नुपर्ने सम्भावना रहेको छ भने गोलको खुसियाली मनाउँदा एक अर्कालाई छुन पाइने छैन ।

बुन्डेसलिगाको २५औं चरणको खेल जारी रहँदा बायर्न म्युनिख ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै बायर्नलाई पछ्याइरहेको बोरुसिया डर्टमन्डको ५१ अंक छ । आरबी लेइपजिग ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पाडेरवर्न र वेर्डर ब्रेमेन रेलिगेसन जोनमा रहँदा डुसेलडर्फ रेलिगेसन जोनभन्दा माथि छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.