default_image

5 years ago

May 6, 2020

सिटीका साने बायर्न जाने सम्भावना

113 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार विंगर लिरोए सानेको अनुबन्ध नजिक पुगेको छ । बायर्नले सानेलाई लामो समयको लागि अनुबन्ध चाहेको थियो ।

लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड दौरान चोट बोकेपछि सानेले २०१९ अगस्टयता खेलेका छैनन् । तर, उनी कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबल गतिविधि बन्द हुनुअघि प्रशिक्षणमा फर्किएका थिए । रिपोर्टअनुसार बायर्नले सानेलाई ३५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने तयारी गरेको छ । यसमा सिटी र साने सहमत हुनेमा बायर्न आशावादी छ ।

बायर्नले अघिल्लो सिजन नै सानेलाई ८८ मिलियन पाउन्डको प्रस्ताव गरेपनि सिटी असहमत देखिँदा सरुवा रोकिएको थियो । २४ वर्षीय सानेलाई अघिल्लो सिजन अनुबन्ध गर्न नसकिएपनि बायर्न यसपटक अनुबन्धमा सफल हुनेमा विश्वस्त छन् । बायर्नले जर्मन क्लब साल्केबाटै २०१६ मा अनुबन्ध प्रयास गरेपनि सिटीले बायर्नको भन्दा ११ मिलियन पाउन्ड (४७ मिलियन पाउन्ड) खर्चेपछि साने सिटी पुगेका थिए । बायर्नले त्यतिबेला पनि ३५ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो ।

सानेले यो सिजन सिटीका लागि एक खेल मात्रै खेलेका छन् । जुन त्यही कम्युनिटी शिल्ड रहेको थियो । उक्त खेलमा लिभरपुल पेनाल्टी सुटआउटमा विजयी भएको थियो । सानेले सिटीबाट समान दुई प्रिमियर लिग, कम्युनिटी शिल्ड र इएफएल कप तथा एक पटक एफए कप जितेका छन् ।

साने आफैंले पनि स्वदेश फर्केर खेल्ने चाहना गरेको बताइएको छ । यद्यपि प्रशिक्षक पेप गुआर्डिअोलाको स्विकृती पश्चात मात्र सिटीले बायर्नको प्रस्तावबारे विचार गर्नेछ । सिटी दुई सिजनका लागि च्याम्पियन्स लिगमा प्रतिबन्धित रहने सम्भावना रहेकाले पनि सानेले बायर्न जान खोजेका हुन् । उनले यसअघि जर्मनीमै फर्केर बुन्डेसलिगा जित्ने सपना पूरा गर्ने सोच बनाएको बताएका थिए ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.