default_image

5 years ago

May 5, 2020

जब लिभरपुलका समर्थकले ज्यान मार्ने धम्की दिए

134 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार प्याट्रिस इभ्राले लिभरपुलका जेलमा रहेका एक समर्थकले आफुलाई ज्यान मार्ने धम्की दिएको स्मरण गरेका छन् । सन् २०११ मा युनाइटेड र लिभरपुलबीचको खेलमा फरवार्ड लुइस स्वारेजले उनीमाथि रंगभेदी टिप्पणी गरेका थिए ।

त्यहि घटना पनि फुटबल संघले अपशब्द बोलेमा दोषी प्रमाणित भएपछि स्वारेजमाथि ८ खेलको प्रतिबन्ध लगाएको थियो । २०११ को अक्टुबरमा भएको त्यो खेलमा स्वारेजले रंगभेदी टिप्पणी गरेका थिए । युनाइटेडका पूर्व लेफ्ट ब्याकले लिभरपुलका समर्थकबाट धम्की आएपनि सुरक्षा गार्ड राख्नु परेको स्मरण गरेका छन् । समर्थकले जेलबाट निस्केपछि उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका थिए ।

मलाई दिएको धम्कीको पत्र म्यानचेस्टर युनाइटेडमा आएको थियो । त्यसमा भनिएको थियो । उनीहरु लिभरपुलका समर्थकहरु र जेलमा छन् । जति बेला बाहिर निस्कन्छन् त्यसपछि मलाई र परिवारलाई मान्ने धम्की दिएका थिए ।

इभ्राले अगाडि भने, ‘दुई महिना सम्म सुरक्षा गार्ड मसँगै रहे । म जहाँ गए सँगै हुन्थे । उनीहरु मेरो घर अगाडि सुते । जहाँ जादा पनि मलाई उनीहरुले पछयाइरहेका हुन्थे । त्यो कठिन समय थियो । म नडराएपनि मेरो परिवार (श्रीमती र दाई) डराएका थिए । मलाई थाहा थिएन किन मलाई मान्छेहरु त्यति घृष्णा गर्थे । उनीहरुले सत्य बुझेका थिएनन् ।’

घटनापछि खेलका रेफ्रीले आफुसँग कुराकानी गरेको र संयम हुन भनेको बताएका थिए । ‘रेफ्री म भएको ठाँउमा आए । उनले हाम्रो बीचमा के भएको सोधेका थिए’, उनले स्मरण गरे, ‘म ठिक छु की छैन भनेर उनले सोधे । मैले उनले मलाई रंगभेदी टिप्पणी गरेको भने । रेफ्रीले खेलपछि कुरा गरे बताए । खेल्नु र खेल अबधिमा कुनै गल्ति नगर्न सम्झाएका थिए ।’

इभ्राले खेलका दौरान आफुले आफैसँग कुरा गरेको उल्लेख गर्दै भने, ‘यदि मैले अहिले उनलाई मुक्का प्रहार गरे भने मान्छेले मलाई नै गलत सोच्ने छन् । उनले के भनेका थिए त्यो मान्छेले बिर्सनेछन् । आफैसँग भने यस्तो गर्नु हुन्छ । मैले उनलाई हात हाल्नु भनेको दुई वर्षसम्म प्रतिबन्ध पनि हुन सक्थ्यो । सबै खेल हेरिरहेका थिए ।’

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.