default_image

5 years ago

May 5, 2020

बार्सिलोना छाडेर रियल म्याड्रिड पुगेका फिगो

126 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना एकै देश (स्पेन) का क्लब हुन् । रियल राजधानी म्याड्रिडमै तथा बार्सिलोना क्याटलान क्षेत्रमा अवस्थित छ । यि दुई क्लबबीचको दुरी ५ सय किलोमिटर भन्दा टाढा छैन ।

रियल म्याड्रिड र बार्सिलोना स्पेन मात्र नभएर विश्व फुटबलकै चर्चित प्रतिद्वन्द्वीका रुपमा चिनिन्छन् । बार्सिलोना र रियलबीच को सर्वश्रेष्ठ बन्ने भन्ने विषमा लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ । हालसम्म २४४ खेलमा दुवियाले समान ९६ खेलमा जित निकाल्दा ५२ खेल बराबरी खेलेका छन् । खेलाडी अनुबन्धमा पनि यि दुई क्लबबीच जुहारी नै चल्ने गर्दछ । अझ भनौ एक टोलीले अनुबन्ध गरेका खेलाडीलाई अर्काे क्लबले लिन चाहदैनन् ।

तर, केही त्यस्ता स्टार खेलाडीहरु छन् । जसले बार्सिलोना छाडेर रियल पुगेका छन् । लुइस फिगो र रोनाल्डो नाजारियो बार्सिलोना छाडेर रियल जाने स्टार खेलाडी हुन् । जुलियन लोप्टेगुई, लुइस इनरिके र सामुइल इटो रियल छाडेर बार्सिलोना जाने खेलाडी हुन् । पछिल्लोपटक २००७ मा जेभियर साभिओलाले बार्सिलोना छाडेर रियल आएयता यि दुई टोलीबीच खेलाडी आदान प्रदान भएको छैन ।

यस्तैमा पोर्चुगिज लेजेन्ड लुइस फिगोले क्याटलान क्लब बार्सिलोना छाडेर अर्काे स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड जाँदा उनको निकै आलोचना भएको थियो । फिगोले आफूले त्यस निर्णय गर्नुको रहस्य खोलेका छन् । मिडफिल्डर फिगो विश्व फुटबललाई नै चकित पार्दै सन् २००० मा त्यतिबेलाको विश्व कीर्तिमानी ३७ मिलियन पाउन्डमा बार्सिलोनाबाट आश्चर्यजनक रुपमा रियलमा अनुबन्धित भएका थिए ।

फिगो रियल पुगेसँगै यि दुई क्लबबीचको प्रतिद्धन्द्धीता झन बढ्दै गयो । सोही वर्ष नोउ क्याम्पमा ९८ हजार दर्शकले फिगोको कडा आलोचना गरेका थिए । समर्थकहरुले ‘जुडास’ जस्ता शब्दले आलोचना गर्दै उनलाई नै लक्षित गरेर मैदानमा बोतल जस्ता सामग्रीहरु फ्याकेका थिए । खेल बार्सिलोनाले २–० ले आफ्नो पक्षमा पारेको थियो ।

‘यो महत्वपुर्ण तथा कठिन निर्णय थियो । मैले एउटा शहर छाडे । अर्काे शहर गए । मलाई त्यहाँ राम्रो लाग्यो,’ फिगोले आफ्नो इन्स्टाग्राम लाइभमा त्यतिबेलाको स्थानान्तरण बारे बोल्दै भने, ‘तर जब तपाईलाई लाग्दैन कि तपाईले के गरिरहनु भएको छ । तपाईलाई अर्काे क्लबबाट अफर आएको छ भने यसबारे पक्कै सोच्नुहुनेछ । मैले त्यही सोचें ।’

फिगाले आफ्ना सहयात्री तथा क्लबका लेजेन्ड राउल एक विजेता रहेको समेत थपेका छन् । ‘यो उनको मानसिकताका कारण भएको हो । उनले आफ्नो करियरमा धेरै जितेका छन् । उनमा मैदान प्रवेश गर्नुअघि के गर्ने भन्नेबारे पहिल्यै थाहा हुन्थ्यो ।’

यस्तै फिगोले रोनाल्डो र राउलबारे तुलना गर्दै दुवै उत्कृष्ट खेलाडी रहेको बताएका छन् । ‘रोनाल्डोसँग गति र शक्ति छ । तर, राउलमा सर्वश्रेष्ठ गुणहरु छन् । छनोट गर्न गाह्रो छ । उसले जहिले पनि गोल गोल गर्न सफल र नतिजामा प्रभाव पार्न सफल हुन्थ्यो ।’

४७ वर्षे फिगोले १९८५ देखि १९९५ सम्म स्पोर्टिङ लिस्वनबाट १६९ खेलमा २० गोल गर्न सफल भएका थिए । त्यसपछि फिगोले १९९५ देखि २००० सम्म बार्सिलोनाबाट २४९ खेलमा ४५ गोल गरेका थिए । २००० देखि २००५ सम्म रियलबाट खेलेका फिगोले २३९ खेलमा ५७ गोल गर्न सफल भएका थिए । इटालियन क्लब इन्टर मिलानबाट २००५ देखि २००९ सम्म खेलेपछि उनले सन्यास लिएका थिए । फिगोले पोर्चुगलबाट १२७ खेलमा ३२ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.