5 years ago
May 5, 2020
एजेन्सी – रियल म्याड्रिडले लामो समयदेखि फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई रियल म्याड्रिड भित्र्याउन चाहिरहेको छ । प्रशिक्षक जिनेदिन जिदानले पोग्बालाई अर्को सिजन आफ्नो योजनामा समेट्ने प्रयास गर्दैछन् ।
म्यानचेस्टर युनाइटेडकै युथ एकेडेमीबाट हुर्केका पोग्बाले आफ्नो सिनियर करीअर भने युभेन्टसमा गएर अगाडी बढाएका थिए । त्यसबेला सर एलेक्स फर्गुसनले पोग्बालाई सिनियर टोलीमा मौका नदिएपछि पोग्बा इटाली पुगेका थिए । युभेन्टसको जर्सीमा सानदार प्रदर्शन गरेपछि युनाइटेडले क्लब कीर्तिमानी रकम खर्चेर पोग्बालाई पुन: ओल्ड ट्राफर्ड भित्र्याएको थियो ।
युनाइटेड आएपछि पोग्बाले अपेक्षा गरेअनुसार प्रदर्शनलाई नियमित रुपमा देखाउन सकेका छैनन् । कुनै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उनी केहि खेलमा भने हराउंदै आएका छन् । क्लब व्यवस्थापनसँग सन्तुष्ट नहुँदा पोग्बाले युनाइटेडमा मन लगाएर नखेलेको आरोप पनि लाग्दै आएको छ । गत सिजन चोटले ग्रस्त भएपछि पोग्बा आफैंले पनि युनाइटेडबाट अन्यत्र नै भविष्य खोज्न थालेको पनि चर्चा चलेको थियो ।
रियल म्याड्रिडको लामो समयदेखिको इच्छा र पोग्बाले पनि क्लब छाड्ने मनसाय बनाएको हुँदा जिदानको योजना सफल हुने प्रबल सम्भावना छ । त्यसो त युनाइटेड र रियल म्याड्रिडबीच विगतमा पनि ठूला ट्रान्सफरमा राम्रो सम्बन्ध स्थापित भएका छन् । दुवै क्लब युरोपकै ठूला क्लबमा गनिने भएकाले खेलाडीहरुले एकबाट अर्को क्लबमा खेल्ने प्रयास गर्दा दुवै क्लब सकारात्मक देखिएका छन् ।
क्रिस्टियानो रोनाल्डोले विश्व कीर्तिमानी मूल्यमा म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड जाँदा दुवै क्लबको सम्बन्ध बनेको थियो । त्यसअघि डेविड बेकह्यामले पनि युनाइटेड छाडेर रियलको जर्सी पहिरिएका थिए । रुड भान निस्टलरोय र ग्याब्रिएल हाइन्जले पनि रियल म्याड्रिड आउँदा युनाइटेडमा राम्रो बिदाइ पाएका थिए ।
पछिल्लो समय मेक्सिकन फरवार्ड जाभिएर हर्नान्डेज सन् २०१४/१५ सिजनमा रियल म्याड्रिडको फरवार्ड समस्या सुल्झाउन युनाइटेड छोडेर आए । उनले च्याम्पियन्स लिगको सेमिफाइनलमा महत्त्वपूर्ण गोल गरेका थिए । त्यसपछि रियल म्याड्रिडमा समस्या भएपछि एन्जल डी मारिया युनाइटेड आएका थिए । यद्यपि उनी छोटो समयमा नै पिएसजी पुगेका थिए ।
युनाइटेड र रियल म्याड्रिडबीच ठूला ट्रान्सफरमा राम्रो साझेदारी भएको इतिहास फेरी पनि बढ्ने देखिन्छ । पोग्बाको युनाइटेडमा खटपट बढ्नु र जिदानले रियलमा ल्याउने इच्छा मेल खाँदा यो ट्रान्सफर सफल हुने सम्भावना छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]