5 years ago
May 5, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटली पुगेका छन् । उनी सोमबार राति टुरिन पुगेका हुन् । टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार पोर्चुगलको मडेरियाबाट स्पेन हुदै इटली पुग्ने तयारीमा रहँदा उनी स्पेनमा रोकिन पुगेका थिए ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण स्पेन लकडाउनमा रहेको र यातायात लगायत हवाई उडानमा समेत प्रतिबन्ध रहेकाले रोनाल्डो म्याड्रिडमै रोकिएका थिए । म्याड्रिड विमानस्थलले निजी जहाजलाई टेकअफ स्विकृती नदिँदा उनी निकै तनावमा देखिएका थिए । उनले म्याड्रिडबाट इटली जान तीनपटक प्रयास गरेपनि विफल भएको थियो ।
इटली जान नपाएपछि रोनाल्डो म्याड्रिडबाट मडेरिया फर्किएका थिए । उनले मडेरियाबाट सिधै टुरिनको उडानको अनुमति पाएपछि अन्ततः ३५ वर्षे रोनाल्डो आफ्नो ३० मिलियन पाउन्डको १८ सिट क्षमता रहेको निजी विमानबाट परिवारका केही सदस्यसँगै इटली पुग्न सफल भएका हुन् ।
रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनले टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ । सम्भवत: उनीहरु १८ मेबाट टोलीको प्रशिक्षणमा सामेल हुनेछ । युभेन्टसले सोमबारदेखि नै प्रशिक्षण शुरु थालिसकेको छ । इटली सरकारले सिरी ‘ए’ क्लबहरुलाई प्रशिक्षणको अनुमति दिएसँगै युभेन्टसले आफ्नो विदेशी खेलाडीहरुलाई प्रशिक्षणमा फर्कन निर्देशन दिएको थियो ।
रोनाल्डोले आइतबार मात्रै मदर्स डेको अवसरमा आफ्नी आमालाई शुभकामनासहित मर्सिडिज कार उपहार दिएका थिए । सामाजिक सन्जालमा निकै सक्रिय रहने रोनाल्डोले लकडाउनको अवसरमा मडेरियामा रहेर आफुले गर्ने क्रियाकलापको तस्वीरहरु नियमित रुपमा पोस्ट गर्दे आएका छन् ।
बोलोग्ना, पर्मा र रोमाले भने प्रशिक्षण सुरु गरिसकेका छन् । इटलीमा १८ मे सम्म खेलकुद गतिविधि गर्न प्रतिबन्ध रहेको छ । क्लबहरुले प्रशिक्षण थालेपनि सिरी ‘ए’ सुचारु हुने मिति तोकिएको छैन ।
२६औं चरणको खेल जारी रहँदा सिरी ‘ए’ को खेलहरु मार्च पहिलो सातादेखि स्थगित गरिएको थियो । युभेन्टस २६ खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा रहेका छन् । समान खेलबाटै लाजियो ६२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लेच्चे, एसपाल र ब्रेसिया रेलिगेसन जोनमा रहेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]