5 years ago
May 4, 2020
एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टस क्रिस्टियानो रोनाल्डो स्पेनमै रोकिएका छन् । रोनाल्डो आफ्नो निजि विमानबाट इटली जाने प्रयास गरेपनि उनी म्याड्रिडमा रोकिएका हुन् ।
इटली सरकारले सिरी ‘ए’ क्लवलाई प्रशिक्षणमा फर्कनका लागि स्वीकृति दिएपछि इटालियन सिरी ‘ए’ क्लवले सबै खेलाडीलाई टुरिन फर्किन निर्देशन दिएको थियो । सोही अनुरुप रोनाल्डो आइतबार पोर्चुगलको मडेरियाबाट इटली फर्कदा स्पेनमा रोकिएका हुन् ।
यससँगै रोनाल्डो पोर्चुगल फर्कने तथा उनको १८ जना क्षमताको ३० मिलियन पाउन्डको निजी विमान म्याड्रिडमा रहनेछ । स्पेन सरकारले हवाई यात्रालगायतमा प्रतिबन्ध लगाएकार कारण इटली जान नपाएका हुन् । रोनाल्डोले म्याड्रिडबाट तीनपटक इटली जाने प्रयास गरेपनि त्यहाँको विमानस्थलले स्वीकृति नदिँदा उनी त्यहीँ रोकिन बाध्य बनेका हुन् । यससँगै रोनाल्डोले इटली पुग्न केही दिन कुर्नुपर्ने भएको छ ।
त्यहाँको विमानस्थलले अर्काे साताको सोमबार मात्र उड्न पाउने बताएको छ । अब रोनाल्डो सोमबार मात्रै इटली पुग्नेछन । रोनाल्डोले आइतबार मात्रै मदर्स डेको अवसरमा आफ्नी आमालाई शुभकामनासहित मर्सिडिज कार उपहार दिएका थिए । सामाजिक सन्जालमा निकै सक्रिय रहने रोनाल्डोले लकडाउनको अवसरमा मडेरियामा रहेर आफुले गर्ने क्रियाकलापको तस्वीरहरु नियमित रुपमा पोस्ट गर्दे आएका छन् ।
सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टसले सोमबारदेखि प्रशिक्षण थाल्ने घोषणा गरेको थियो । रोनाल्डो टुरिन पुगेपनि थप १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने थियो । बोलोग्ना, पार्मा र रोमाले भने प्रशिक्षण शुरु गरिसकेका छन् ।
इटलीमा १८ मे सम्म खेलकुद गतिविध गर्न प्रतिबन्ध रहेको छ । क्लबहरुले प्रशिक्षण थालेपनि सिरी ‘ए’ सुचारु हुने मिति तोकिएको छैन ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]