5 years ago
May 4, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आउदो समरमा एन्टोइन ग्रिजमनदेखि लुइस सुआरेजसम्मका पहिलो रोजाईका ८ खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । डेली स्टारका अनुसार बार्सिलोनाले आफ्ना फ्लप स्टारलाई बेच्ने सुचीमा राखेको हो ।
बार्सिलोनाले आउदो समरमा बेच्ने सुचीमा यसै सिजन स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट आएका फ्रेन्च स्टार एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, उरुग्वेका लुइस सुआरेज लगायतका खेलाडी छन् । यि खेलाडहरुले पछिल्लो समयमा बार्सिलोनामा आफ्नो प्रभाव छाड्न सकेका छैनन् ।
ग्रिजमनले कप्तान लियोनेल मेस्सीसँग राम्रो तालमेल मिलाउन सकेका छैनन् । उनले यो सिजन ३७ खेलमा १४ गोल गरेका छन् । यस्तै लगातार चोटसँग जुधिरहेका औसमाने डेम्बेले पनि बार्सिलोनाले बेच्ने सुचीमा छन् । लगातारको चोट र अनुशासनले उनी टोलीमा राम्रो छाप बसौं सकेका छैनन् ।
यस्तै बार्सिलोनाले बेच्ने सुचीमा आर्टुरो भिडाल र इभान राकिटिच छन् । स्याुइल उम्टिटी (२६), नेल्सन सेमेडो (२६) र सर्जी रोबर्टाे (२८) को पनि भविष्य बार्सिलोनामा नरहने देखिएको छ । प्रशिक्षक क्विके सेटिनले जर्मन क्लब बायर्न म्युनिखमा लोनमा खेलिरहेका ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होलाई टोलीमै राख्ने मनासय बनाएका छन् ।
बार्सिलोनाले आउदो समरमा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका स्टार फरवार्ड नेयमारलाई पुनः अनुबन्ध तथा अर्जेन्टिनी तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लोउटारो मार्टिनेजलाई अनुबन्ध योजनामा अघि बढिसकेको छ । यसका लागि आवश्यक रकम जोहो गर्न पनि क्लबले मोटो तलबमा रहेका खेलाडीलाई बेच्ने तयारी गरेको हो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]