default_image

5 years ago

May 4, 2020

रोनाल्डो म्याराडोनाकै स्तरनजिक थिए

97 views

0 Bookmark

एजेन्सी – फाबियो कानाभारोले फुटबलमा अहिले सम्मको उत्कृष्ट भन्ने विषयमा आफ्नो विचार राखेका छन् । इटालीका पूर्व रक्षकले इस्टाग्राममा मार्सेलोसँगको कुराकानीमा आफ्नो सर्वकालिन उत्कृष्ट खेलाडीका बारेमा बोलेका थिए ।

‘मेरो लागि डियगो म्यारोडोना अहिले सम्मका उत्कृष्ट खेलाडी हुन् । र त्यसपछि उनको नजिक पुग्ने खेलाडी भनेका रोनाल्डो नाजारियो हुन् । आफ्नो समयमा म्यारोडोनाले अर्जेन्टिना र रोनाल्डोले ब्राजिललाई विश्व कप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए,’ कानाभारोले भने ।

‘मैले सन् १९९७ मा रोनाल्डोविरुद्ध खेलेको थिए । उनी उच्चस्तरका खेलाडी थिए’, उनले भने, ‘त्यति बेला उनको बारेमा चर्चा सुरु भइसकेको थियो । उनी प्रभावशाली खेलाडी थिए ।’ चोटका कारण उमेर हुँदै रोनाल्डोले संन्यास लिनुपरेको थियो भने बिचमा पनि लामो समय उनी चोटले गर्दा मैदानबाहिर रहेका थिए ।

त्यसपछि मार्सेलोलाई प्रश्न गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमा उत्कृष्ट छान्ने भनेका थिए । जसको जवाफमा मार्सेलोले भने फुटबलमा यो बारम्बार आउने प्रश्न हो । तर को उत्कृष्ट यसै भन्न सकिन्न । जो कोहिले एउटालाई भन्दा अर्कोलाई मन पराउन सक्छन् । हरेक व्यक्तिको आफ्नो सोचाई हुन्छ ।

मार्सेलोले रोनाल्डोसँगको सहकार्यको विषयमा भने, ‘मैले क्रिस्टियानोसँग १० वर्ष खेले । उनले मलाई हरेक समय मनोबल उच्च बनाउन सहयोग गरे । हामी दुई उत्कृष्ट खेलाडीका विषयमा कुरा गरिरहेका छौं । मेस्सी रोक्छन् र बललाई अघि बढाउँछन् । एक सेकेन्डमा उनले खेल बदल्छन् । तर यी दुई मध्ये एकजना को उत्कृष्ट भन्न कठिन छ ।’

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.