5 years ago
May 4, 2020
एजेन्सी – फ्रान्स सरकारको निर्णयका कारण अप्रिल २८ मा लिग वान सिजन नसकिँदै जहाँको त्यहि टुंग्याउन परेको थियो । कोरोना भाइसका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फ्रान्स सरकारले खेलकुद गतिविधिमा रोकेको थियो ।
लिग तालिकामा १२ अंकको अग्रता लिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई यसपटकको विजेता घोषित गरिएको थियो । अब फरवार्ड केलियन एमबाप्पको पिएसजीमा भविष्यलाई लिएर धेरैको ध्यान तानिएको छ ।
लिग वान रद्द भएपनि पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको छ । यदि परिस्थिति असहज भएको खण्डमा पिएसजीले होम म्यान पनि विदेशी भूमिमा खेल्नु पर्ने हुन सक्छ । आइतबार फ्रान्सको एक स्थानिय पत्रिकामा एमबाप्पेको भविष्यका विषयमा समाचार प्रकाशित भएको थियो ।
कोरोना भाइरसकै कारण उनी अहिले पेरिसमा छैनन् । उनी देशको दक्षिणतर्फ रहेको आफ्नो घरमा परिवार र दाजुहरुसँग रहेका छन् । फ्रान्सेली सञ्चारमाध्यमले एमबाप्पले अर्को एक वर्ष पिएसजीमै रहने उल्लेख गरेको छ । यद्दपी उनले नयाँ सम्झौता गर्ने सम्झौता भने गर्ने सम्भावना नरहेको बताइएको छ । एमबाप्पेको पिएसजीसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ ।
एमबाप्पेले केहि दिन अघि सामाजिक सञ्जालमार्फत क्लबप्रतिको आफ्नो सहानुभुती दर्शाएका थिए । उनले टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्दा खुसी मनाएका छन् । अहिले उनको र क्लबबीच सम्बन्ध राम्रो भएको उल्लेख गरिएको छ ।
एमबाप्पले गत सिजनमा क्लबका अध्यक्ष नासिर अल खालिफालाई क्लब छाड्न चाहेको बताएका थिए । तर अहिले भने उनी क्लब छाड्न हतारिएका छैनन् । अहिलेको अवस्था हेर्दा एमबाप्पले कम्तीमा अर्को वर्षसम्म पिएसजीमै रहने सम्भावना रहेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]