default_image

5 years ago

May 4, 2020

नेयमारले मेस्सी र रोनाल्डोलाई उछिन्न सक्छन्ः प्रशिक्षक इम्री

131 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पीएसजी तथा इंग्लिस क्लब आर्सनलका पुर्व प्रशिक्षक युनाई इम्रीले ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारमा आधुनिक फुटबलका दुई हस्ती मानिने लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्न सक्ने क्षमता रहेको बताएका छन् । 

इम्रीले नेयमारलाई २०१७/१८ को सिजनमा पीएसजीमा प्रशिक्षण दिएका थिए । उनी सोही सिजन नै विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमारलाई आधुनिक फुटबलमा मेस्सी र रोनाल्डोको उत्तराधिकारीको रुपमा हेरिएको छ । यद्दपि नेयमारले आफ्नो खेलमा प्रभाव पारेपनि अझै उनीहरुको स्तरसम्म पुगिसकेका छैनन् । स्पेनिस क्लब सेभियाका पुर्वप्रशिक्षक समेत रहेका इम्रीले २८ वर्षीय नेयमारसँग अझैपनि विश्वको सर्वश्रेयठ खेलाडी बन्ने प्रतिभा रहेको एक अन्तर्वार्ताका क्रममा बताएका हुन् ।

‘नेयमारसँगको मेरो एक वर्ष निकै राम्रो रह्यो । मैले हरेक प्रशिक्षण र खेलहरुमा उनको शैली हैदै धेरै कुरा सिकेको छु । नेयमारसँग उनको ट्यालेन्ट छ । त्यसलाई कार्यान्वयन गर्ने क्षमता र गुण पनि छन् ।’ अन्तर्वार्ताका क्रममा इम्रीले भने, ‘मलाई लाग्छ कि उसले मेस्सी र रोनाल्डोलाई नै उछिनेर विश्वको सर्वश्रेष्ठ खेलाडी बन्ने मौका पाएको छ । यो गर्ने समय उनीसँग छ ।’

पछिल्लो एक दशक विश्व फुटबलमा एक छत्र राज गरेका पोर्चुगल स्ता इटालियन क्लब युभेन्टसका रोनाल्डो र अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका मेस्सी करियरको उत्तरार्धमा छन् । रोनाल्डो ३५ तथा मेस्सीले ३२ वर्ष पुगेका छन् । उनीहरुले अब केही समयमात्र फुटबल खेल्नेछन् । यि दुई खेलाडीले पछिल्लो १२ संस्करण बालोना डिओर ११ पटक बाँडेका छन् । मेस्सीले सर्वाधिक ६ पटक तथा रोनाल्डोले ५ पटक जितेका छन् । यो बीचमा क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए ।

नेयमारले पीएसजीको लागि ८० खेलमा ६९ गोल गरेका छन् । नेयमार ब्राजिलको सर्वाधिक गोल गर्नेको सुचीमा तेस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि लेजेन्ड पेले (७७) तथा अर्का लेजेन्ड रोनाल्डो (६२) रहेका छन् । नेयमारले १०१ खेलमा ६१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

४८ वर्षीय इम्रीले २०१६ देखि २०१८ मा पीएसजीमा रहँदा लिग वानसँगै कोपा डि फ्रान्स, कोपा डि ला लिग र ट्रफी दि च्याम्पियन्सको उपाधि समेत जितेका थिए । त्यसपछि आर्सनलमा पुगेका उनी १६ महिनामै अर्थात नोभेम्वर २०१९ मा बर्खास्तीमा परेका थिए । उनको प्रशिक्षणमा आर्सनल युरोपा लिगको उपविजेता बनेको थियो । त्यसअघि इम्रीकै प्रशिक्षणमा स्पेनिस क्लब सेभियाले युुरोपा लिगमा ह्याट्रिक उपाधि जितेको थियो ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.