5 years ago
May 3, 2020
एजेन्सी – मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले नेयमारको खेललाई बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होसँग तुलाना गरेका छन् ।
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । बार्सिलोनाका पूर्व सहकर्मीले लिग वानमा पुगेर प्रभाव छाडेको फाब्रिगसाले बताएका छन् । यी दुईले बार्सिलोनामा सँगै रहेर पनि खेलेका थिए ।
‘नेयमार राम्रा खेलाडी हुन् । उनी रोनाल्डिन्होको स्तरका भएका छन्’, उनले भने, ‘उनी सुपर स्टार हुन् । उनले जसरी चाहन्छन् त्यसरी खेलमा प्रभाव पार्न सक्छन् । मेस्सी त्यहि भएर उनलाई टोलीमा चाहन्थे । मैले केहि अगाडि उनीसँग खेलें । पिएसजीसँगको दुई खेलमा उनले हामीलाई हराएका थिए ।’
बार्सिलोनामा खेल्दाको समयको पनि फाब्रिगासले स्मरण गरेका छन् । ‘लियोनल मेस्सी, लुइस स्वारेज लगायत टोलीका अन्य खेलाडीले उनलाई मन पराउँथे’ , फेब्रिगसाले भने, ‘कुनै पनि समय उनी बल ड्रिबल गर्न सक्थे । पास निकाल्न सक्थे । कठिन खेलमा पनि उनको केहि न केहि योगदान हुन्थ्यो ।’
मैदान बाहिर फाब्रिगास नेयमारको आलोचक रहन्थे । तर अहिले भने उनीको धारणा बदलिएको छ । ‘उनी एकदमै सहज छन्’, उनले भने, ‘मैदान बाहिर उनमा बालपन छ । उनी बच्चा जस्तै छन् । उनी जहिले पनि खुसी हुन्छन् र जीवनमा मजा लिन्छन् ।’
बार्सिलोना छाडेर फेब्रिसास २०१४ मा चेल्सी गएका थिए । उनले बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड विरुद्ध अन्तिम खेल खेलेका थिए । त्यहि खेलबाट एट्लेटिकोले क्याम्प नोउमा उपाधि जितेको थियो । फाब्रिगास त्यहि खेलपछि चेल्सीको यात्रा तय भएको स्मरण गर्छन् ।
‘त्यो बेला मलाई टाटा मार्टिनोले हरेक खेलमा खेलाउँथे । मैले खेल जीवनमा त्यो समय सबै भन्दा बढी खेले । मैले एक वर्षमा झन्डै ६० खेल खेलेको थिएँ’, उनले भने, ‘मैले त्यति बेला पहिलो रोजाईमा मौका पाएको थिए । जाभी हर्नान्डेज सुरुवाती रोजाइमा परेनन् । खेलमा म संलग्न नभएको एक गोल अफसाइड दिइयो । म लालिगा खेलेरै बस्न सक्थें तर घरेलु मैदानमा लिग हारेपछि छाड्ने निर्णय लिएँ ।’
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]