default_image

5 years ago

May 5, 2020

स्वारेजको गन्तव्य एमएलएस हुनसक्ने

104 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरसका कारण विश्वका हरेक क्षेत्रमा ठूलो असर परिरहेको छ । यसका कारण युरोपमा बार्सिलोनासहित क्लबका आर्थिक रुपमा असर पर्ने देखिएको छ । लामो समयदेखि ला लिगा स्थगित छ । सिजनका बाँकी खेल सुरु हुँदा पनि बन्द रंगशालामा हुने सम्भावना छ । त्यस कारण बार्सिलोनाले पनि आम्दानीका लागि अर्को बाटो खोज्नु पर्ने हुन सक्छ ।

Messi Suarez

आम्दानीका श्रोत मध्ये खेलाडी विक्री एक हो । बार्सिलोनाका थुप्रै खेलाडीलाई अन्य क्लबले पनि आँखा लगाइरहेका छन् । त्यसमा फरवार्ड लुइस स्वारेज पनि रहेका छन् । एमएलएसका थुप्रै क्लबले उनीमाथि चासो राखेको बुझिएको छ । अमेरकिन क्लबले उनीमाथि चासो राख्नु नौलो विषय भने होइन । इन्टर मायमीका मालिक पूर्व स्टार डेभिड बेकह्यामले युरोपमा नाम चलेका खेलाडीलाई फ्लोरिडा लान चाहेको पटक पटक बताउँदै आएका छन् ।

‘कसलाई थाहा छैन । अहिले मेरो सम्झौता बार्सिलोनासँग छ । भविष्यमा आकर्षक लिगका रुपमा अमेरिका राम्रो विकल्प हुन सक्छ,’ स्वारेजले केहि महिना अघि भनेका थिए । तर अहिलेको लागि भने बार्सिलोनामा उनको यात्रा सकिएको मान्न हतार हुन सक्नेछ । बढ्दो उमेरसँगै चोट पनि बढ्दा सुआरेज मैदानबाहिर धेरै समय बिताउन थालेका छन् । ३३ वर्षे फरवार्डलाई अमेरिकी क्लबहरुले अझै पनि केहि वर्षका लागि प्रस्ताव राख्ने सम्भावना पनि छ ।

हुन त अहिले पनि स्वारेज प्रशिक्षकको नजरमा महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् । स्वारेजले यो सिजन २३ खेलमा १४ गोल गरेका छन् । तर, प्रशिक्षकका लागि उनको उमेरलाई लिएर सचेत छन् । पछिल्ला समय उनी पटक पटक चोटबाट गुज्रेका छन् ।

यदि लिभरपुलका पूर्व फरवार्डले क्याम्प नोउ छोड्दा त्यसले भने बार्सिलोनालाई ठूलो घाटा हुन सक्दछ । बार्सिलोना आउने सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राउने योजनामा छन् । क्लब निकट भविष्यमा स्वारेजको साथ छाड्न तयार भएर नै यी दुई खेलाडी विकल्पमा आएका हुन् । कारण स्वारेज जाँदा त्यसको असर टोलीका सुपर स्टार लियोनल मेस्सीको खुसीमा पर्न सक्छ । कारण यी दुई खेलाडीबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहि आएको छ ।

स्वारेजको बार्सिलोनासँगको सम्झौता सन् २०२१ सम्मको रहेको छ । अर्को सिजन उनले क्लबको खेल मध्ये ६० प्रतिशत खेल खेलेको खण्डमा क्लबसँग उनीसँगको सम्झौता अर्को एक वर्ष थप्ने विकल्प पनि रहेको छ । बार्सिलोनाले अहिले नै उनलाई बेच्न अन्य क्लबले ट्रान्सफर रकम तिर्न केहि असहज हुनसक्छ ।

एमएलएसका केहि क्लबले भने उनलाई भित्राउन सपना भने देखेको हुन सक्दछ । हाल लिगमा स्टार फरवार्ड जाभियर हर्नान्डेज र कार्लोस भेला लगायतले खेलिरहेका नै छन् । यसअघि ज्लाटन इब्रहिमोभिचले पनि दुई सिजन एलए ग्यालेक्सीबाट खेलेका थिए । उनले एसी मिलनमा फर्किएर एमएलएस खेलेका खेलाडी युरोप खेल्न सक्छन भन्ने बेकह्यामले राखेको नजिरलाई सार्थक बनाएका छन् ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.