default_image

5 years ago

May 3, 2020

रोनाल्डोले गरे लकडाउनको मस्त सदुपयोग

105 views

0 Bookmark

एजेन्सी – झन्डै दुई महिनायता खेलाडीहरुले खेल्न र दर्शकहरुले खेल हेर्न पाएका छैनन् । यो महामारीको रुपमा चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको हो ।

विश्व खेलकुद नै ठप्प भएको अवस्थामा सम्पुर्ण खेलाडीहरु एक हिसावले फुर्सदमा नै छन् । होम क्वारेन्टाइनमा बस्दै सेल्फ ट्रेनिङ र आफुलाई फिट राख्नुमात्रै अहिले खेलाडीको दैनिकी बनेको छ । तर, यस्तो लकडाउनको अवस्थामा पनि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भने मस्ती गरेका तस्वीर तथा भिडियोहरु सामाजिक सन्जालमा पोस्ट गरेका छन् ।

रोनाल्डोले आफ्नो आमालाई भेटेको, आफ्नो प्रेमिका जर्जिना रोड्रिग्वेजको हातबाट कपाल कटाएको र प्रशिक्षण गरेको तस्वीरहरु फरक फरक समयमा पोस्ट गर्दै लकडाउनलाई मस्तसँग सदुपयोग गरेको अनुमान गर्न सकिन्छ ।

सामाजिक सन्जालमा निकै सक्रिय रहने रोनाल्डोले गत मंगलबार पोर्चुगलबाट इटली फर्कनुअघि आफ्ना ९ वर्षका छोरासँग पोर्चुगलस्थित मडेरियामा रहेको मडेरिया आइल्यान्डको सुन्दर टापुको तस्वीर पोस्ट गरेका छन् । उक्त फोटो उनको प्रेमिका जर्जिना रोड्रिग्वेजले खिचेको अनुमान गर्न सकिन्छ ।

रोनाल्डो अहिले इटालीमा १४ दिनका लागि सेल्फ आइसोलेसनमा रहेका छन् । रोनाल्डोले आइसोलेसनमा रहँदै मडेरिया आइल्यान्डमा छोरासँग खिचेको सुन्दर तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । रोनाल्डोको छोरा क्रिस्टियानो जुनियरले पनि सानै उमेरदेखि नै आफ्नै बुवाको पथ पछ्याइरहेका छन् । उनी अहिले युभेन्टसको युथ एकेडेमीमा छन् । उनले त्यहाँ आफ्नो प्रभाव देखाइरहेका छन् ।

इटली १० मार्चदेखि लकडाउनमा रहेको छ । ४ मार्चदेखि इटालियन क्लबहरुले प्रशिक्षण थाल्ने बताएपछि रोनाल्डो गत मंगलबार इटाली पुगेका थिए । तर, रोनाल्डोले दुई साता टोलीसँग प्रशिक्षण गर्ने छैनन् ।

युभेन्टसका तीन खेलाडी ड्यानियल रुगानी, ब्लेइस म्याथुइडी र पाउलो डिबालालाई कोरोना संक्रमण देखिएपनि रुगानी र म्याथुइडी स्वस्थ्य भइसकेका छन् । डिबालामा पछिल्लो ६ सातामा चारपटक परिक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनको अहिले उपचार भइरहेको छ ।

२०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट १०० मिलियन पाउन्डमा युभेन्टस पुगेका रोनाल्डोले हालसम्म ५३ खेल खेल्दा ४२ गोल गरेका छन् ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.