default_image

5 years ago

May 3, 2020

रियलले अर्काे साताबाट प्रशिक्षण थाल्ने

104 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले अर्काे साताबाट टोलीको प्रशिक्षण थाल्ने भएको छ । रियलले सामाजिक दुरी कायम गरी ११ मेबाट प्रशिक्षण थाल्ने निर्णय गरेको हो । रियलले आफ्नो प्रशिक्षण स्थल भाल्डेबेवास बेसमा प्रशिक्षण गर्नेछ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनिस ला लिगासहित विश्वको खेलकुद गतिविधि मार्च पहिलो साताबाट स्थगित भएको छ । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिसकेको छ । जर्मन बुन्डेस लिगा र इंग्लिस प्रिमियर लिगका केही क्लबहरुले प्रशिक्षण शुरु गरिसकेका छन् ।

स्पेनमा भने अब क्लबहरुले प्रशिक्षण थाल्ने योजना बनाइरहेका छन् । स्पेनिस सरकारले स्पेनमा लकडाउन हटाइसकेको छ । तै पनि सतर्कता अपनाउन स्पेन सरकारले निर्देशन दिएको छ ।  रियलले प्रशिक्षण मैदानमा थोरै खेलाडीहरु समावेश गरेर सामाजिक दुरीको पालना गरि प्रशिक्षण थाल्ने मार्काले जनाएको छ । समूहगत रुपमा प्रशिक्षण हुनेछैन ।

स्पेनको राष्ट्रिय खेलकुद परिषदले अर्काे साताबाट ला लिगाका सबै क्लबका खेलाडीहरुको कोरोना परिक्षण गर्ने योजना छ । तर, काउन्सिलले सबै खेलाडीलाई परिक्षण गर्न दवाव दिनेछैन । ला लिगा क्लबहरुले ला लिगा पुनः शुरु हुन सबै स्वस्थ हुनुपर्ने बताएका छन् । अन्यथा ला लिगा हुन नसक्ने बताएका छन् ।

जिनेदिन जिदानको रियल ला लिगाको दोस्रो स्थानमा रहेको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ ।  रियल च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा रहेको छ । पहिलो लेगमा रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पछि परेको छ । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।

प्रिमियर लिगका आर्सनल र टोटेनहमले प्रशिक्षण शुरु गरेको छ । जर्मन बुन्डेस लिगा ७ मे बाट शुरु गर्ने भनिएपनि प्रशिक्षण दौरान एफसी कोलोग्नीका तीन स्टाफमा कोरोना संक्रमण भेटिएपछि १६ मेलाई सारिएको छ । तर, क्लबहरुले लगातार प्रशिक्षण गरिरहेको छ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.