default_image

5 years ago

May 2, 2020

निरा राजोपाध्याय – ‘खेल्दाखेल्दै क्रिकेटले नै नाम दियो’

260 views

0 Bookmark

कप्तान कथन

निरा राजोपाध्याय (नेपाली राष्ट्रिय महिला टोलीकी पुर्व कप्तान)

मेरो घर काठमाडौंको इन्द्रचोकमा हो । दाइभाइहरु चोकमा फुटबल, टेबल टेनिस र क्रिकेट खेल्थे । म पनि दाइभाइहरु जुन जुन खेल खेल्छन् तिनीहरुसँग त्यहि खेल खेल्थे । क्रिकेट नै खेल्ने भनेर लागेको होइन । आफ्नो टाइमपास (समय विताउन) खेल्थें ।

सुरुमा मलाई क्रिकेट प्रतियोगिता हुन लागेको छ भन्ने पनि थाहा थिएन । बालुवाटार क्रिकेट क्लब खुलेको समाचारमा सुनें । अनि म खोज्दै बालुवाटार क्रिकेट क्लबमा पुगेको थिएँ । बालुवाटारमा क्रिकेट क्लबमा अभ्यास र ट्रेनिङ गर्न थाले । सबै रहर थियो । कुनै प्रतियोगिता हुन्छ र खेल्छु भन्ने केहि पनि थिएन । दाइभाइ (सुशील, सुधिर, पंकज, सुवास, महेश, अनिल) ले सामान्य क्रिकेट सिकाइसकेका थिएँ । क्लबमा गएपछि अझ धेरै कुरा सिक्न पाएँ । दाइहरुसँगै चोकमा खेल्ने हुँदा मलाई घरबाट क्रिकेट खेल्नमा कुनै समस्या भएन । सधैं साथ र समर्थन पाइरहें ।

क्लबबाटै राष्ट्रिय प्रतियोगिता हुँदै छ भन्ने थाहा पाएँ । अनि हामीले मिलाएर काठमाडौं (क्षेत्र नम्वर ३) टोली बनाएका थियौं । २०६४ सालमा भएको पहिलो महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा हाम्रो प्रर्दशन खराब रह्यो । नराम्रोसँग हार्यौ । राष्ट्रिय टोलीमा हाम्रो क्षेत्रबाट म मात्र छनोट भएँ । पहिलो पटक टोलीमा पर्दा २७ वर्षको थिएँ । तर २७ वर्ष भन्दा कमैले पत्याउथें ।

हामी मलेसियामा सन् २००७ मा एसिसी वुमन्स प्रतियोगिता खेल्न गयौं । जुन नेपाली महिला क्रिकेट टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल थियो । मेरो प्रर्दशन औसत रह्यो । बलिङ र ब्याटिङ दुवैमा राम्रै गरें । बलिङमा १० विकेट लिएको थिएँ । मलाई यो बलिङ प्रर्दशन करिअरकै उत्कृष्ट लाग्छ । कप्तान नेरी थापा १२ विकेट लिँदै उत्कृष्ट बलर चुनिइन् । हामी फाइनलमा बंगलादेशसँग हारेका थियौं ।

मैले क्रिकेट खेल्दा बाहिर खेल्न जाने, टोलीमा पर्छु भन्ने केहि पनि सोचेको थिइन । पहिलो पटक टोलीमा पर्दा खुसी हुनेनै भएँ । घरका पनि खुसी हुनुुभयो । त्यसपछि मलेसिया सन् २००९ मा भएको एसिसी वुमन्स प्रतियोयिगता खेलें । सन् २०१० मा चीनमा भएको एसियन गेम्समा नेपाली महिला टोलीको कप्तानी मैले गरेको थिएँ । मैले नेपालबाट कप्तानी गरेको यहि एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एसियन गेम्स खेलेर आएपछि एपिएफले टोली बनायो र मैले त्यहाँबाटै खेल्न थाले ।

एपिएफबाट मैले ५ वर्षसम्म कप्तानी गरे । लगातार प्रतियोगिता र ट्रफी जितीरह्यौं । मैले २०१६ मा अन्तिम पटक नेपाली टोलीबाट खेलेको थिएँ । राष्ट्रिय प्रतियोगिता पोखरामा खेलेको थिएँ । सन् २००९ मा मलेसियाबाट फर्केपछि मात्रै मैले क्षेत्र नम्बर ३ को कप्तानी गरेको थिएँ । एक पटक आफ्नो कप्तानीमा क्षेत्र नम्बर ३ लाई उपाधि जिताएँ । हामीले नेपालञ्जलाई हराएर उपाधि जितेका थियौं । उक्त फाइनलमा मैले ५ विकेट लिएको थिएँ ।

पहिलो पटक कप्तानी पाउँदा म धेरै नर्भस थिएँ । खेल्ने मात्र सोच थियो । कप्तानी सोचेको थिइन । सुरुमा फिल्डिङको बारे खासै ज्ञान थिएन । हामीले सिक्दा प्वाइन्ट, मिड अन, मिड अफ यस्तो केहि थाहा थिएन । क्रिकेट भनेको ब्याटिङ र बलिङ गर्ने मात्र भन्ने थियो । कप्तानीको क्रममा कुन खेलाडीलाई कहाँ राख्ने भनेर फिल्डिङ मिलाउन मलाई एकदमै गाह्रो भएको थियो । नेरीको सहयोग लिएँ ।

मैले ब्याटिङमा सन् २०१४ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स प्रिमियर प्रतियोगितामा इनरानविरुद्ध ४६ बलमा ५ चौका सहित ४७ रनको अविजित इनिङ खेलेको थिएँ । जुन अझै सम्झिरहन्छु । मैले अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याटिङमा गरेको त्यो राम्रो प्रर्दशन हो । इरानलाई हामीले उक्त खेलमा २ सय २१ रनको फराकिलो अन्तरले हराएका थियौं ।

२०७३ सालमा इटहरीमा सातौं राष्ट्रिय खेलकुद फाइनलमा एपिएफले पुर्वाञ्चलसँग खेल्दा खेल्दै छोडेर हिडेका थियौं । ६४ रनको लक्ष्य पछ्याउँदा जितको लागि ९ बलमा ९ रन चाहिएको थियो । हामीले चौका दावी गरेपनि पुर्वाञ्चलका फिल्डरको भनाईको आधारमा अम्पायरले दिएनन् । अनि विवाद भएको थियो । मनमा सधैं लाग्छ हामीले त्यो खेल त्यसरी छोडर जान नहुने थियो । साह्रै नराम्रो लाग्छ । त्यो बेला के भयो के । सबै आक्रामक थिए ।

म नभएर बिनु बुढामगर कप्तान थिइन् । एपिएफका अन्य ठूला मान्छे पनि आएको हुँदा निर्णय हाम्रो अन्डरमा थिएन । पछि सबैले नखेल्ने भने । एक जनालाई सम्झाएर हुने अवस्था थिएन । क्रिकेटबाट धेरै कुरा सिके । पहिला टाइमपास गर्नको लागि खेलेको थिएँ । तर राम्रो नाम कमाएँ । क्रिकेटबाट नाम कमाएको हुँदा सबैभन्दा बढी सन्तुष्ट छु ।

पहिला र अहिलको अवस्थामा महिला टोलीमा धेरै परिवर्तन भएको छ । पहिला फिटनेससँग मतलब हुने थिएन । टोलीमा पर्न पहिला रन र विकेट लिए पुग्थ्यो । तर अहिले त्यसरी हुँदैन । हामीले सुरुवात गर्दा जहाँ थियौं अहिले पनि त्यहि नै छौं । लगानी र निरन्तर प्रतियोगिता नसक्नुनै हामी माथि उठ्न नसक्नुको कारण हो । प्रतियोगिता सुरुहुन एक महिना बाँकी रहँदा मात्र प्रशिक्षणमा बोलाउछन् ।

१३ औं सागमा भने ३ महिना राखेका थिए । यो धेरै राम्रो कुरा हो । अर्कोतर्फ प्रशिक्षक निरन्तर परिवर्तन हुन्छन् । जसले गर्दा एउटा प्रशिक्षकले खेलाडीलाई राम्रोसँग बुझ्न पाउँदैन । महिला टोलीलाई कम्तिमा ४–५ वर्ष एउटै कोचलाई जिम्मा दिनुपर्छ । अर्कोतर्फ महिला क्रिकेट टोलीको लागि क्यानले भिन्दै समिति बनाएर त्यसैलाई जिम्मा दिनुपर्छ ।

पहिला हामीले सुरुगर्दा बंगलादेश र श्रीलंका जस्ता देशसँग हाम्रो फरक १९–२० मात्रै थियो । अहिले उनीहरु टेष्ट टोली बनिसके र हामी उही स्तरमा छौं । पहिलाको भन्दा एक स्तर माठि उठेका हौं की जस्तो लाग्छ । महिला क्रिकेट टोलीलाई महिला प्रशिक्षक निकै महत्वपुर्ण रहन्छ । पहिला हामी खेल्दा पहिला केटि भनेको खेलाडी मात्रै हुन्थे । म्यानेजर र प्रशिक्षक अरु सबै पुरुष नै हुन्थे । केहि समस्या परेमा भन्नलाई निकै कठिन पथ्र्यो । युवा खेलाडी अझ धेरै गाह्रो मान्छन् । भन्नै सक्दैनन् । गाली गर्यो भने रुन थाल्छन् । सबै समस्या पुरुषलाई भन्न सक्दैनन् । महिला प्रशिक्षक निकै आवश्यक पर्छ । कम्तिमा सहायक महिला प्रशिक्षक वा म्यानेजर भएपनि धेरै सहज हुन्छ ।

पहिला पहिला खेलेर केहि हुँदैन भन्ने सोच थियो । नाम मात्र हुन्थ्यो । अहिले फरक भएको छ । अहिले पहिलाको तुलनामा प्रतियोगिता भइरहेको छन् । केटीहरु व्यस्त नै छन् । क्रिकेटमा लाग्न प्यासन हुनुपर्छ । पहिला हामीले प्रशिक्षकलाई फोन गरेर सोध्नुपर्थ्यो । अहिले हात हातमा फोन छ । सर्च गरेर सबै हेर्न सकिन्छ । क्रिकेटको लागि अहिले शिक्षा पनि त्यतिनै आवश्यक छ । युवा खेलाडीलाई आफ्नो जुन पक्ष राम्रो छ त्यसैमा मिहिनेत गर्न सल्लाह दिन्छु ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.