default_image

5 years ago

May 2, 2020

बेकह्यामकै पथ पछ्याउने बेलको सोच

114 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका वेल्स फरवार्ड ग्यारेथ बेलले सुपरस्टार डेविड बेकह्यामकै पथ पछ्याउँदै भविष्यमा अमेरिकाको लिग मेजर लिग सकर (एमएलएस) खेल्न सक्ने संकेत गरेका छन् ।

बेलले इन्टरनेसनल च्याम्पियन्स कपसँग अन्तर्वार्ताका क्रममा आफ्नो भविष्यको गन्तव्य एमएलएस पनि हुनसक्ने अभिव्यक्ति दिएका हुन् । ‘मलाई अमेरिकी लिग एकदम मनपर्छ । पछिल्लो वर्षमा हामीले लिगको विकास हुँदै आएको देखेका छौं । हामी प्रिसिजनका क्रममा खेल्न आउँदा पनि निकै कठिन हुने गर्दछ,’ उनले भने ।

‘लिगको स्तर पहिलाभन्दा धेरै माथि पुगेको छ । क्लबमा सुधार आएको छ, सुविधामा सुधार छ र रंगशाला पनि सुधारिंदै गएका छन् । यसले रोकिने नाम लिएको छैन, लगातार विकास गर्दै गइरहेको छ । पछिल्लो समय खेलाडीहरुमा पनि अमेरिकी लिग खेल्ने आकर्षण बढेको छ । म पनि यहाँ खेल्न इच्छुक छु,’ बेलले भने ।

बेलले आफूलाई छुट्टि मनाउन लस एन्जेलस निकै मन परेको गन्तव्य रहेको पनि बताए । कतिपयले यसलाई उनको एलए ग्यालेक्सीमा जाने संकेतको रुपमा पनि बुझेका छन् । यसअघि सन् २००७ मा इंग्लिस कप्तान डेविड बेकह्याम रियल म्याड्रिड छाडेर ग्यालेक्सी गएका थिए । उनको त्यो ट्रान्सफर नै आधुनिक अमेरिकी फुटबलको टर्निङ पोइन्ट मानिन्छ ।

बेकह्यामले हाल आफैं पनि एमएलएसमा इन्टर मायमी नामको क्लब स्थापित गरेका छन् । उनले अब क्लबमा स्टार खेलाडी ल्याउन कसरत पनि थालिसकेका छन् । उनले पछिल्लो समय सार्वजनिक रुपमा नै आफूले युरोपका स्टार खेलाडी मायमी ल्याउन प्रयास गर्ने बताएका थिए ।

अहिलेको अवस्थामा बेलले रियल म्याड्रिड छाड्ने सम्भावना प्रबल छ । जिदानको रोजाईमा नपरेको र वार्षिक १५ मिलियन युरो तलब बुझ्ने बेललाई जान दिनु रियलका लागि पनि फाइदाजनक हुन सक्छ । यसका लागि बेकह्यामले आफ्ना नजिकका साथी फ्लोरेन्टिनो पेरेजसँग छलफल गर्ने सम्भावना छ । रियलकै अर्का स्टार हामेस रोड्रीग्वेजको नाम पनि बेकह्यामको क्लबसँग जोडिंदै आएको छ ।

यो पनि पढ्नुहोस :ग्यालाक्टिकोस २.० अर्थात रियलको ‘ड्रिम लाइनअप’

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.