default_image

5 years ago

May 2, 2020

मेस्सीले बार्सिलोना छाड्ने छैनन्

102 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले कप्तान लियोनेल मेस्सी र बार्सिलोना सधै एकजुटमा रहेको बताउदै मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्ने बताएका छन् । 

पछिल्लो समय मेस्सी र क्लब बोर्डबीच सम्वन्ध चिसिएको समाचार सञ्चार माध्यममा छाएको थियो । तर, क्लबका प्रशिक्षक सेटिनले मेस्सी र क्लब सँधै एकजुटमा रहेको र मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्नेमा विश्वस्त रहेको बताएका हुन् । उनले मेस्सी इटालियन क्लब इन्टर मिलान जाने हल्ला मात्रै रहेको सेमत थपेका छन् ।

मेस्सीको सम्झौता अर्काे समरसम्म रहेको छ । तर, मेस्सी र क्लबबीच सम्झौताको विषयमा निर्णय हुन सकेको छैन । यस्तो अवस्थामा इन्टर मिलानले मेस्सीलाई सनसनीपुर्ण रुपमा अनुबन्ध गर्ने योजना बनाएको थियो । तर, प्रशिक्षक सेटिनले मेस्सीको भविष्य बार्सिलोनामै रहेको र उनी क्लबमै रहने बताएका हुन् ।

‘मेस्सीले बार्सिलोना छोड्नेछ ? होइन, यो हुदैन । मेस्सी र बार्सिलोना सँधै एकजुट हुनेछन् ।’ सेटिनले ला गज्जेता डेल्लो स्पोर्ट्सलाई भने, ‘यो त्यस्तै हो । मेस्सी विगत २० वर्षदेखि बार्सिलोनामा छन् । मेस्सीले बार्सिलोना छाड्ने व्याख्या गर्न सक्दैनन् ।’ क्लबका अध्यक्ष जोसेप मारिया बार्टाेमेउसँग उनले क्लबका पदाधिकारीहरुको पारिश्रमिक कटौतीमा साथ दिएका छन् ।

मेस्सीका अर्जेन्टिनी सहयात्री तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले बार्सिलोनाको बोर्डसँग सम्वन्ध राम्रो नभएपनि मेस्सी बार्सिलोनामै रहने बताएका थिए । कोभिड १९ को प्रभाव आउनुअघि मेस्सीले यो सिजन क्लबलका लागि २४ गोल र १६ असिस्ट दिएका छन् ।

क्लब पछिल्लो समय मेस्सीको सम्झौता नवीकरणसँगै अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज र ब्राजिली नेयमार अनुबन्ध गर्ने गृहकार्यमा रहेको छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.