5 years ago
May 2, 2020
एजेन्सी – लाखौं दर्शकका बीच लियोनल मेस्सी पहिलो पटक ठूलो स्क्रिनमा देखिएका थिए । त्यो महत्त्वपूर्ण गोलका कारण मेस्सीलाई ठूलो स्क्रिनमा देखाईको थियो । त्यो अल्बासेटविरुद्धको गोल थियो । ठिक १५ वर्ष अघि । २००५ मे १ मा मेस्सीले त्यो गोल गरेका थिए ।
त्यति बेला मेस्सी १७ वर्षका थिए । युवा ती खेलाडीका बारेमा सबैले थाहा पाउन थालिसकेको थिए । उनले बार्सिलोनाका लागि जे पनि गर्न सक्छन् भन्ने चर्चा थियो । यो डेढ दशकको यात्रामा उनी विश्वका सर्वकालिन महान खेलाडी हुन सक्छन् भन्ने विषयमा चर्चा सुरु भएको छ । अहिले उनकै बारेमा चर्चा हुन्छ ।
मेस्सीका बारेमा अनुमान गरे जस्तै उनी क्लबको एउटा हिस्सा बनेका छन् । टोलीका अधिकांश सफलतामा उनकै भूमिका महत्त्वपूर्ण रहने गरेको छ । त्यो पहिलो दिन अल्बासेटविरुद्ध पनि उनले त्यस्तै प्रभाव जमाएका थिए । ३० नम्बर जर्सी बाट बार्सिलोनाको माथिल्लो क्लबको यात्रा सुरु गरेका मेस्सी अहिले टोलीको १० नम्बर जर्सीका खेलाडी हुन् । अर्जेन्टिनी युवा खेलाडी ८७ औं मिनेटमा सामुइल इटोको ठाँउमा प्रवेश गरेका थिए ।
बार्सिलोनाका तत्कालिन प्रशिक्षक फ्रान्क रायकार्डले क्यामरुनी फरवार्डको ठाँउमा मेस्सीलाई मैदान पठाएका थिए । त्यति बेला सर्वाधिक गोलकर्तालाई दिइने पिचिची ट्रफीको दौडमा रहेका इटो प्रशिक्षकले परिवर्तन गर्दा रिसाएका थिए । तर खेलको ९० औं मिनेटमा मेस्सीले गोल गरे । उनले रोनाल्डिन्होको पासमा गोलरक्षकलाई चिप गर्दै जित पक्का गरेका थिए । त्यो गोलले टोली घरेलु उपाधिको नजिक पुगेको थियो । लिगमा गोलको खाता खोलेका मेस्सीले त्यसयता सयौं गोल गरेका छन् ।
त्यो गोल बार्सिलोनाको इतिहासमा मात्र होइन, राष्ट्रिय फिल्म लाइब्रेरीमा पनि सधैभरका लागि राखिएको छ । संयोगवश त्यहि खेलमा अल्बर्ट एस्पिनोजाले ‘योर लाइफ इन ६५ मिनेट्स‘ अर्थात् ‘६५ मिनेटमा तपाईंको जिन्दगि’ नामक फिल्मका लागि क्याम्प नोउमा सुट गरिरहेका थिए । कमैले आँकलन गरेका थिए की यो त्यहि खेल हुनेछ जसमा क्लबका सर्वकालीन महान खेलाडीले गोलको खाता खोल्नेछन् ।
मेस्सीले त्यो दिन गरेको प्रदर्शनको भिडियो :
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]