default_image

5 years ago

May 1, 2020

ज्लाटनले सम्पतिको धाक देखाउँदै तर्साउँथे

124 views

0 Bookmark

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले ड्रेसिङ रुममा निकै खराब व्यवहार गर्ने गरेको उनको पूर्व क्लब एलए ग्यालेक्सीका सहकर्मी मिडफिल्डर जोआओ पेड्रोले बताएका छन् ।

पेड्रोका अनुसार अधिकांश समय आफ्ना टोलीका खेलाडीलाई नै हेप्ने उनले विपक्षीसँग पनि राम्रो व्यवहार गर्दैनथे । ज्लाटनले सन् २०१८ को सिजनको अन्तिम खेलपछि त रिसले आगो हुँदै ज्यान मार्ने समेत धम्कि दिएको उनले बताए । उक्त खेलमा ग्यालेक्सीले २-० को अग्रता लिएपनि ३-२ ले पराजय भोग्न बाध्य भएको थियो ।

‘ मलाई उक्त खेलपछि ज्लाटनले हामीसँग ड्रेसिङ रुममा बोलेको याद छ । निकै रिसाएका उनले हामीलाई खेल्न मन छैन बीचमा गएर घाम ताप्न भनेका थिए । उनले आफूसँग ३ सय मिलियन रहेको र आफूविरुद्ध बोल्ने जोकोहीलाई पनि मार्न सक्ने बताए,’ पेड्रोले स्मरण गरे । पेड्रोका अनुसार ज्लाटन आफ्नो सम्पतिको धाक देखाउँदै अरुलाई तर्साउँथे ।

ज्लाटनले एमएलएसमा दुई सिजन खेल्दै ५२ गोल गरेका थिए । कुनै उपाधि नजितेका उनले अमेरिकामा आफ्नो बसाइ लम्ब्याउन चाहेनन् । उनले आफ्ना सहकर्मीलाई सधैं आफूलाई मात्र बल पास दिन दबाब दिने गरेको पेड्रोले बताए ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.