default_image

5 years ago

May 1, 2020

मार्टिनेज दिने सर्तमा इन्टरले भिडाल र ग्रिजमन माग्यो

117 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फरवार्ड लोउटारो मार्टिनेज अनुबन्धको लागि लामो कसरत गरेपछि इटालियन क्लब इन्टर मिलानले बार्सिलोनासमक्ष दुई खेलाडी माग गरेको छ ।

इन्टर मिलानले अर्जेन्टिनी फरवार्ड मार्टिनेज दिने शर्तमा आर्टुरो भिडाललाई स्थायी रुपमा तथा र एन्टोइन ग्रिजमनलाई लोनमा माग गरेको हो । फ्रेन्च फरवार्ड ग्रिजमन यसै सिजनमा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट १०७ मिलियन पाउन्डमा बार्सिलोना पुगेका थिए ।

मार्टिनेजको नाम लगातार रुपमा नोउ क्याम्पसँग जोडिएको छ । इन्टरले मार्टिनेजको मुल्य ९६ मिलियन पाउन्ड राखेको छ । बार्सिलोना मार्टिनेज अनुबन्ध गर्न इच्छुक रहेको छ । यद्दपि इन्टरले मार्टिनेजको लागि बार्सिलोनालाई दुई खेलाडी माग गरेको हो ।

बार्सिलोनाका प्रशिक्षक क्विके सेटिन टोलीको अग्रपङ्ति बलियो बनाउन ग्रिजमन बेचेरै भएपनि मार्टिनेज भित्र्याउने योजनामा छन् । फरवार्ड लुइस सुआरेज र औसमाने डेम्बेले चोटसँग जुधिरहेका कारण पनि बार्सिलोना फरवार्डको खोजीमा रहेको छ । मार्टिनेजले पनि आफ्नो अर्जेन्टिनी सहयात्री तथा कप्तान लियोनेल मेस्सीसँग क्लब फुटबलमा पनि सँगै खेल्ने चाहना राखेका छन् । त्यसैले पनि मार्टिनेज बार्सिलोनामा अनुबन्ध हुन सक्नेछ ।

बार्सिलोनाले यो सिजन मध्यम प्रदर्शन गरिरहेपनि स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको छ । बार्सिलोनाले रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । तर, अहिले कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनिस ला लिगा स्थगित छ । ३२ वर्षे आर्टुरो भिडाल २०१८ मा जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका थिए । उनले यो सिजन बार्सिलोनाको पहिलो रोजाईमा स्थान पाइरहेका छन् । उनले यो सिजन ३१ खेल खेलेका छन् ।

इन्टर मिलानमा २२ वर्षे मार्टिनेजको सम्झौता २०२३ सम्म रहेको छ । मार्टिनेज २०१८ मा अर्जेन्टिनी क्लब रेसिङबाट १९ मिलियन पाउन्डमा इन्टर मिलान पुगेका थिए ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.