5 years ago
May 1, 2020
एजेन्सी – फ्रेन्च लिग (एलएफपी) ले शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको छ । एलएफपीले अंक र खेलको आधारमा पीएसजीलाई च्याम्पियन घोषणा गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिजनको १० खेल बाँकी रहेको थियो । तर, फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले मगंलबार आउदो सेप्टेम्वरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि सिजन रद्ध गरिएको थियो ।
लिग वानमा १० चरणको खेल बाँकी रहँदा पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १२ अंकले पछि पारेको थियो । पीएसजीको २७ खेलबाट ६८ अंक रहेको छ । दोस्रो स्थानको मार्सेलीको २८ खेलबाट ५६ अंक छ । यससँगै पीएसजी पछिल्लो पछिल्लो आठ सिजनमा सातौंपटक फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको छ । पीएसजी लगातार तेस्रो सिजन लिग वान च्याम्पियन बन्न सफल भएको हो ।
गत मार्च ७ र ८ मा लिग वानको २७औं र २८औं चरणको खेल खेलाइएको थियो । त्यो अवस्थासम्म पीएसजीले १२ अंकको स्पष्ट अग्रता लिएको थियो । फ्रेन्च लिग (एलएफपी) का प्रमुख कार्यकारी डिडिएर क्विलटले पीएसजीलाई उपाधि सुम्पिने विषयमा अपिल हुन सक्ने बताएपनि यो निर्णय सही भएको बताएका छन् ।
पीएसजी, मार्सेली र रेनिस अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट भएको छ । रेनिसले च्याम्पियन्स लिगको छनोट चरणको खेल खेल्नेछ । लिल, रेइम्स र नाइसमध्ये एकले युरोपा लिग खेल्ने छ । क्विलटले युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) लाई २५ मे सम्ममा च्याम्पियन्स लिग र युरोपा लिग खेल्न योग्य टोलीको छिनोफानो गर्ने बताएका छन् । युइएफएले २५ मे सम्ममा सम्पुर्ण घरेलु लिगको हुने नहुने अवस्थाका बारेका जानकारी गराउन समयसीमा दिएको थियो ।
यस्तै एफसी लोरेन्ट फ्रेन्च लिग टु च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुदा आरसी लेन्स पनि लिग वानमा बढुवा भएको छ । एलएफपीको यो निर्णयले भने एइमेन्स र टोलुसो भने मारमा परेको छ । दुवै टोली १० खेल बाँकी छदै दोस्रो डिभिजनमा घटुवा हुने भएको छ ।
रेलिगेसन जोनमै रहेको निम्सको भने शीर्ष डिभिजनमै रहने सम्भावना रहेको छ । लिग टु मा प्ले अफ नरहेकाले निम्स शीर्ष डिभिजनमै रहन सक्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]