5 years ago
April 30, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ठप्प रहेको फुटबल गतिविधि पुन: संचालनमा ल्याउनका लागि आफू संक्रमणको खतरा भएपनि त्यसलाई सामना गर्न तयार रहेको बार्सिलोनाका मिडफिल्डर इभान राकीटिचले बताएका छन् ।
इभानले समाजलाई अहिले झनै एकताको सुत्रमा बाँध्न जरुरि रहेको भन्दै लिग सुचारु गर्नका लागि आफ्नो तर्फबाट आवश्यक परेको भूमिका खेल्न तयार रहेको उनले मार्सासँग बताए । ‘ मलाई फुटबल खेल्नु छ । हामीले आवश्यक सावधानी अपनाएर खेलकुद सुचारु गर्ने हो भने समर्थकहरुलाई केहि सहज हुन्छ,’ उनले भने ।
‘अहिलेको अवस्थामा अति आवश्यक सेवाहरु पनि सुचारु छन् । अहिले फुटबल पैसाको लागि भन्दापनि सार्वजनिक रुपमा सबैको हितका लागि आवश्यक छ । समर्थकहरुलाई यो समयमा फुटबल दिनु हाम्रो कर्तव्य हो भन्ने मेरो विचार छ । हामीले ऋण तिर्ने बेला आएको मैले महसुस गरेको छु,’ उनले भने ।
इभानले भाइरसबाट बच्न उचित प्रावधान लिएर मात्र फुटबल फर्कनुपर्ने पनि औंल्याए । ‘हामीले उचित व्यवस्था मिलाएर फुटबल फिर्ता गर्न सक्यौं भने यस खेलप्रति अझ सद्भाव बढ्नेछ । हामीले अहिले आर्थिक अवस्था, प्रतियोगिताको अवस्था, खेल तालिका, रेलिगेसन, बढुवा मात्र सुनेका छौं । तर कति मान्छे छन् जसले क्लबलाई निकै माया गर्छन् । यो बेलामा क्लबले पनि ति समर्थकको माया तिर्नुपर्छ,’ उनले भने ।
ला लिगामा बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा छ । लिगका ११ चरणका खेल बाँकी रहँदा बार्सिलोना रियल म्याड्रिडभन्दा २ अंकले अगाडी छ । लिग सुचारु हुने विषयमा हालसम्म कुनै निर्णय भएको छैन । फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियम लगायत केहि देशमा भने सिजन रद्द गरिएको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]