default_image

5 years ago

April 30, 2020

लिग रद्द भएपनि पिएसजी च्याम्पियन बन्ने

95 views

0 Bookmark

एजेन्सी – फ्रान्सको शीर्ष डिभिजन लिगको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग रद्द भएको अवस्थामा पनि च्याम्पियन बन्ने भएको छ ।

केहि दिनअघि मात्र फ्रान्सका प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दै सेप्टेम्बरसम्म कुनै किसिमका खेल गतिविधि नहुने घोषणा गरेका थिए । उनले नाम तोकेर नै फुटबलको सिजन २०१९-२० अब सम्पन्न गर्न नसकिने बताएका थिए । यस्तो अवस्थामा लिग उपाधि नजिक पुगेको पिएसजीको भविष्य के हुने भन्ने अन्यौल रहेको थियो ।

फ्रान्सको प्रतिष्ठित संचारमध्यम ले एकिपका अनुसार फ्रान्सको फुटबल संघले पिएसजीलाई च्याम्पियन घोषित गर्ने भएको छ । पिएसजी लिगमा दोस्रो स्थानको मार्सेभन्दा १२ अंक अगाडी रहेको थियो । लिगमा अझै ११ खेल खेल्न बाँकी रहेको छ । यद्यपि दोस्रो श्रेणी लिगबाट बढुवा हुने र माथिल्लो लिगबाट घटुवा हुने टोलीबारे भने अझै निर्णय भएको छैन ।

यस उपाधिसँगै पिएसजीले लगातार तेस्रो पटक लिग उपाधि जितेको छ । यससँगै पिएसजी अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट हुने देखिएको छ । यसका लागि भने युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले लिग पूरा नभएपनि संघको प्रस्ताव मान्नुपर्ने हुन्छ । यूईएफएले यसअघि नै मे २५ सम्ममा लिग सुचारु गर्ने अवस्था बनाउन आग्रह गरेको थियो ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.