default_image

5 years ago

April 30, 2020

फुटबल खेलाडीहरु मैदान फर्किहाल्न चाहदैनन्

85 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण विश्वभर खेलकुद ठप्प छ । कतिपय लिगहरु सुचारु गर्ने तयारी चल्दैछ भने केहि लिगहरु रद्द समेत भइसकेका छन् ।

बेल्जियम, फ्रान्स र नेदरल्यान्ड्सका लिगहरु रद्द हुँदा जर्मनीमा भने प्रशिक्षण सुचारु हुन थालेको छ । स्पेन र इंग्ल्यान्डमा पनि अब पूर्ण प्रशिक्षण सुचारु गर्न तयारी थालिएको छ । इटालीको हकमा पनि चाडै निर्णय आउँदैछ । यसबीचमा विश्वभरका फुटबल खेलाडीहरुको संघ फिफप्रोका अनुसार खेलाडीहरु अहिले नै मैदान फर्कन तयार भने छैनन् ।

फिफप्रोका महासचिव जोनास हफम्यानका अनुसार पूर्ण रुपमा सुरक्षित नभएसम्म खेलाडीहरु मैदान फर्कन चाहदैनन् । ‘ खेलाडीहरुमा अझैपनि रोग सर्ने हो की भन्ने चिन्ता छ । यदि आफूलाई संक्रमण भयो भने परिवारमा पनि सर्छ भने डर उनीहरुलाई छ,’ हफम्यानले भने ।

‘खेलाडीहरु अहिले नै मैदान फर्कंदा आम जनमानसमा पनि राम्रो सन्देश जाँदैन । अहिलेको अवस्थामा मैदान फर्कनु भन्दापनि यो समस्याबाट मुक्त हुनुमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘ अहिले हतारमा सुचारु गरेर समस्या आयो भने अझै लामो समय हामीले बाहिर रहनुपर्छ । त्यसैले निर्णय लिनुअघि निकै सोच्नु आवश्यक छ ।’

हालसम्म विश्वभर ३२ लाख मानिसमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । जसमध्य २ लाख २० हजारले ज्यान गुमाएका छन् भने १० लाख भन्दा बढी ठिक भइसकेका छन् ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.