default_image

5 years ago

April 30, 2020

पोचेटिनो न्युकासल आउने चर्चा

93 views

0 Bookmark

एजेन्सी – साउदी अरबको राष्ट्रिय कोषले खरिद गर्न लागेको प्रिमियर लिग क्लब न्युकासल युनाइटेडले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई प्रिमियर लिगमा फिर्ता ल्याउने चर्चा चलेको छ ।

टोटेनहम हट्स्पर तथा साउथह्याम्पटनका पूर्व प्रशिक्षक पोचेटिनो यसै सिजनको बिचमा लन्डन क्लबबाट बर्खास्तमा परेका थिए । उनले अपेक्षित नतिजा दिन नसक्दा क्लबले उनलाई पदमुक्त गरेको थियो । अघिल्लो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोलीलाई निकै खराब सुरुवात गरेको थियो ।

यता न्युकासलले तिनै प्रशिक्षकलाई पुन: प्रिमियर लिगमा फर्काउने तयारी थालेको छ । यद्यपि यसका लागि न्युकासलको खरिद प्रक्रियामा प्रिमियर लिगको स्वीकृति आवश्यक पर्छ । साउदीले खरिद गरेको खण्डमा क्लबले निकै महत्त्वकांक्षी लक्ष्य बोकेको क्लबनिकट स्रोतले जानकारी दिएका छन् । हाल न्युकासलमा स्टिभ ब्रुस प्रशिक्षक रहेका छन् ।

टोटेनहम छाडेपनि पोचेटिनोले अहिले पनि क्लबबाट आफ्नो मासिक तलब भने बुझिरहेका छन् । उनलाई अर्को जिम्मेवारी नमिल्दासम्म क्लबले नियमित तलब उपलब्ध गराउने सहमति रहेको थियो । पोचेटिनो यसै साता एक अन्तर्वार्तामा कुनै दिन आफू टोटेनहम नै फर्केर बाँकी रहेको काम सकाउने इच्छा रहेको बताएका थिए ।

न्युकासल युनाइटेड र साउदी कोषको खरिद प्रक्रियाबारे बुझ्न यहाँ थिच्नुहोस

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.