5 years ago
April 30, 2020
एजेन्सी – पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । रोनाल्डो पोर्चुगलबाट इटली फर्केका कारण कम्तीमा पनि दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको हो ।
रोनाल्डोसँगै ब्राजिली डगलस कोस्टा र एलेक्स सान्ड्रो पनि कम्तीमा दुई साता आइसोलेसनमा बस्नुपर्ने भएको छ । अर्जेन्टिनी फरवार्ड गोन्जलो हिगुआइन भने फर्कने नफर्कने दोधारमा रहेको छ । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोनाल्डोसहितका खेलाडीहरु आद्दआफ्ना देश पुगेका थिए ।
रोनाल्डो मंगलबार आफ्नो घर पोर्चुगल लिस्वनको मडेरियाबाट इटाली पुगेका थिए । क्लबले आफ्ना सबै खेलाडीलाई प्रशिक्षणका लागि बोलाएपछि रोनाल्डोसहित अन्य खेलाडीहरु इटाली पुगेका थिए । इटालियन सरकारले लक डाउनको समयमा आफ्नो देशभन्दा बाहिरी देशबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाएको छ । सोही अनुसार रोनाल्डो पनि आइसोलेसनमा बस्नुपर्ने भएको हो ।
इटलीमा मार्च १० देखि लगातार लकडाउन रहेको छ । सिरी ‘ए’ क्लबले ४ मे बाट प्रशिक्षण थाल्ने बताइएको छ । त्यसलै सिरी ‘ए’ क्लबहरुले आफ्नो विदेशी खेलाडीलाई प्रशिक्षणको लागि बोलाएका थिए । सिरी ‘ए’ पुनः शुरु गर्ने भनिएपनि कुन मितिबाट हुने तोकिएको छैन ।
युभेन्टसका तीन खेलाडीमा कोरोना भाइरसको पोजेटिभ संक्रमण भेटिएको थियो । दुई खेलाडी कोरोनामुक्त हुदा अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा अझै पनि कोरोना पोजेटिभ देखिएको छ । उनको अहिले उपचार भइरहेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]