default_image

5 years ago

April 29, 2020

डिबालाको चौथो कोरोना परिक्षण पनि पोजिटिभ

130 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएको छ । पछिल्लो डेढ महिनामा गरिएको चौथो परिक्षणमा पनि पोजिटिभ रिपोर्ट आएको हो ।

डिबाला र उनकी प्रेमिका दुवैले मार्च २१ मा कोरोना संक्रमण रहेको सार्वजनिक गरेका थिए । त्यसबेला उनलाई कुनै किसिमको कठिनाइ नरहेको र आफ्नै अपार्टमेन्टको क्वारेन्टिन बसेको बताएका थिए । तर पछिल्लो समय उनको अवस्थामा केहि समस्या आएको र परिक्षणमा पनि पोजिटिभ नै देखिएको छ ।

डिबालाले अक्समात आफ्नो शारीरिक अवस्थामा परिवर्तन आएको बताए । ‘ म निकै छिटो थाक्न थालें । मलाई प्रशिक्षण गर्न मन थियो, तर पाँच मिनेट नबित्दै सास फेर्न नै गाह्रो हुन थाल्यो । केहि दिनमा नै खोकी लाग्ने हुन थाल्यो,’ उनले सुनाए, ‘म विश्राम गर्न सुत्दा पनि निकै जाडो भयो । क्लबमा सम्पर्क गर्दा खतरा नहुने भनेपछि ढुक्क हुने अवस्था आयो ।’

सन् २०१४ मा पालेर्मोबाट युभेन्टस आएका उनले पछिल्लो समय आक्रमणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले हालसम्म २ सय १६ खेल खेल्दै ९१ गोल र ३६ असिस्ट दिएका छन् । गत सिजन युभेन्टसले उनलाई अन्यत्र पठाउने तयारी गरेपनि अन्तिम समयमा उनले क्लबमै रहने निर्णय गरेका थिए ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.