5 years ago
April 29, 2020
एजेन्सी – विश्व फुटबल कोरोना भाइरस संक्रमणका कारण ठप्प छ । कतिपय देशले २०१९-२० सिजन रद्द गरिसकेका छन् भने केहि लिगले लिग सुचारु गर्न अन्तिम प्रयास जारि राखेका छन् । यस्तोमा अर्को सिजनको तयारीका लागि ट्रान्सफर बजारमा हलचल पनि सुरु भएको छ ।
कोरोना संक्रमणका कारण लगभग सबै क्लबलाई आर्थिक रुपमा निकै समस्या पर्ने देखिन्छ । लिग रद्द भएसँगै टेलिभिजन प्रसारण अधिकार, प्रायोजन, टिकट लगायत पक्षमा आम्दानी भएको छैन । यसले क्लबका खेलाडीहरुको तलब कटौतीदेखि सम्झौता नै पुनर्विचार गर्नुपर्ने सम्मका अवस्था देखिएका छन् । क्लबहरुले पूर्व योजना अनुसार खेलाडी अनुबन्ध गर्ने सम्भावना पनि निकै कम छ ।
स्पेनिस महारथी रियल म्याड्रिडको हकमा भने अन्य टोलीजस्तो स्थिति चिन्ताजनक छैन । रियल म्याड्रिडसँग हाल क्लबमा र बाहिर लोनमा पनि पर्याप्त खेलाडी रहेको हुनाले टोली निर्माण मात्र नभएर बजारमा बेच्नका लागि पनि खासै समस्या देखिन्न । खेलाडी संख्या धेरै हुनाले पनि चाहेको खेलाडी अनुबन्ध गर्न साटफेरका लागि विकल्प रहन्छ ।
अहिलेकै अवस्था हेर्दा अर्को सिजन रियलसँग सिनियर टोलीमा नै ३६ खेलाडी रहनेछ । अर्को सिजनको सुरुवात गर्दा क्लबले बेच्ने, लोनमा पठाउने अथवा साटफेर गरेर १५ खेलाडी बाहिर पठाउनु पर्ने हुन्छ । यसले क्लबलाई आम्दानी त हुन्छ नै, ति खेलाडीको तलबको पनि चिन्ता हट्नेछ ।
खेलाडीको अवस्था
मिडफिल्डर हामेस रोड्रीग्वेज, ग्यारेथ बेल र ब्राहिम डियाज तथा फरवार्ड मारियानो डियाजको भविष्य अब रियलमा नरहने पक्काजस्तै छ । प्रशिक्षक जिनेदिन जिदानले यी खेलाडीलाई जारि सिजन आफ्नो मुख्य योजनामा समावेश गरेका छैनन् । त्यसैले यी खेलाडीले अन्यत्र विकल्प खोज्न थालिसकेका छन् ।
सँगसँगै हाल लोनमा अन्यत्र रहेका केहि खेलाडीको अर्को सिजन रियलको पहिलो टोलीमा नै सम्भावना रहेको छ । मिडफिल्डर मार्टिन ओडेगार्डले यस सिजन रियल सोसीडाडमा निकै राम्रो प्रदर्शन गरेका छन् । दुई वर्षको लोन सम्झौता भएपनि ओडेगार्डको प्रदर्शनले गर्दा जिदानले उनलाई एकै वर्षमा रियलको टोलीमा स्थान दिने सम्भावना रहेको छ ।
अक्रफ हाकिमीले पनि बोरुसिया डर्टमुन्डमा लगातार पहिलो रोजाइमा खेल्दै आएका छन् । उनले दुवै विंगब्याकमा खेल्न सक्ने भएकाले पनि रियलमा उनको सम्भावना देखिन्छ । ड्यानी सेबालोस र रेगुइलोनको हकमा भने रियलले उनीहरुलाई अन्य क्लबसँग खेलाडी साटफेरको लागि विकल्पका रुपमा प्रयोग गर्न सक्छ ।
ओस्कार रोड्रीग्वेज, जेसस भालेहो, बोर्जा मायोराल र ताकेफुसा कुबो भने अर्को सिजन पनि लोनमा नै रहने सम्भावना छ । कुबोको हकमा रियलले उनलाई अझै ला लिगामा नै केहि अनुभव बटुलेर मात्र आफ्नो सिनियर टोलीमा अवसर दिन सक्छ । प्रिसिजनको प्रदर्शन हेर्न यसपटक न्यून सम्भावना रहेकाले पनि यी खेलाडी पुन: लोनमा जाने सम्भावना बढेको हो ।
हाल सिनियर टोलीमा नै रहेका डिफेन्डर मार्सेलो पनि अन्यत्र जान सक्छन् । फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले उनको पोजिसनमा लगातार राम्रो प्रदर्शन गरेका कारण मार्सेलोले अन्य क्लबमा भविष्य खोज्ने सम्भावना रहेको हो । यसै सिजन क्लबमा आएका रेनिएर जेसस पनि लोनमा नै अन्यत्र जानेछन् ।
चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोना र सहरी प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडको अवस्था रियलको तुलनामा केहि कमजोर छ । आर्थिक रुपमा पनि दुवै टोलीलाई हाल समस्या परेको छ । त्यसैले रियलले यसको फाइदा उठाउँदै आफूले चाहेका खेलाडी केहि कम मूल्यमा अनुबन्धन गर्न सक्छ । एर्लीङ हालान्ड, एडुआर्डो कामाभिंगा र पल पोग्बाको नाम लगातार बर्नाबाउसँग जोडिदै आएको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]