5 years ago
April 29, 2020
एजेन्सी – अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी आधुनिक फुटबलका हस्ती हुन् । उनले आफ्नो खेल करियरमा क्लब फुटबलमा जित्न बाँकी केहि छैन ।
क्लब फुटबलमा जति सफलता पाएपनि आफ्नो राष्ट्रका लागि उल्लेख्य केही जित्न सकेका छैनन् । त्यसैले अर्जेन्टिनामा मेस्सीको आलोचना हुँदै आएको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले आफ्नो अर्जेन्टिनी सहयात्री मेस्सीले अर्जेन्टिनाका लागि खेल्दा किन आलोचना भोग्छन भन्ने बुझ्न नसकेको बताएका छन् । मेस्सी सधैं दुःख भोग्ने पीडित व्यक्ति रहेको अगुएरोको दावी छ ।
कीर्तिमानी ६ पटकको बालोन डिओर विजेता मेस्सीले बार्सिलोनाका लागि आफ्नो खेल करियरमा ३४ उपाधि जितेका छन् । जसमा १० स्पेनिस ला लिगा, ८ सुपर कोपा, ६ कोपा डेल रे, चार च्याम्पियन्स लिग, तीन फिफा क्लब वल्डकप र तीन युइएफए सुपर कप समावेश छन् । मेस्सीको नेतृत्वमा अर्जेन्टिना तीनपटक कोपा अमेरिका कपको फाइनलमा पुगे पनि चुकेको छ । मेस्सीले २०१६ को कोपा अमेरिका फाइनलमा महत्त्वपूर्ण पेनाल्टी चुकाएका थिए ।
यस्तै सन् २०१४ को विश्वकपको फाइनलमा पुगेपनि जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदा विश्वकप जित्ने सपना साकार भएको थिएन । त्यसपछि उनले आवेगमा आउदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको थियो । पछि पुनः उनी राष्ट्रिय टोलीमा फर्किएका थिए । अर्जेन्टिना २०१८ को विश्वकपको प्रि–क्वाटरफाइनल तथा कोपा अमेरिका २०१९ को सेमिफाइनलबाटै बाहिरिएको थियो ।
यसैले पनि ३२ वर्षीय मेस्सी राष्ट्रिय टोलीका लागि आलोचित छन् । तर, अगुएरोले भने मेस्सीको आलोचना गर्नु बेकार रहेको बताएका छन् ।
‘मलाई लाग्छ मेस्सी पहिलो पीडित व्यक्ति हुन् । जो आफ्नै राष्ट्रमा आलोचित छन्, ‘अगुएरोले भने, ‘उनको आलोचना गर्नेहरू जारी नै छन् । तर, राष्ट्रिय टिममा उनको आलोचना गर्नेहरूलाई मैले बुझ्न सकिरहेको छैन ।’
मेस्सी अझै अर्जेन्टिनालाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिताउन प्रयास गरिरहेका छन् । उनले बिचमा एकपटक संन्यास लिने निर्णय गरेपनि समर्थक र फुटबल संघको निरन्तर दवावका कारण निर्णय फिर्ता लिएका थिए । तर, उनलाई लगातार आफ्ना घरेलु समर्थक र मिडियाबाट आलोचना आउन नछाडेपनि अगुएरोले उनको बचाउ गरेका छन् । यही कारण पनि मेस्सीको प्रदर्शनमा असर परेको अगुएरोको बुझाई छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]