default_image

5 years ago

April 30, 2020

आयाक्स स्टार अनुबन्धमा रियल, म्यानचेस्टर र युभेन्टसको दौड

110 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड तथा डच क्लब आयाक्समा युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपको ठुला क्लबहरु स्पेनको रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसले चासो देखाएको छ । 

 

यो दौडमा म्याड्रिड सबैभन्दा अघि देखिदा म्यानचेस्टर युनाइटेड र युभेन्टस डोनीलाई रियलबाट हाइ ज्याक गर्ने योजनामा छ । डोनीको अनुबन्ध मुल्य ४४ मिलियन पाउन्ड तोकिएको छ । योहान क्रुएफ एरिनामा डोनीको सम्झौता २०२२ को समरसम्म रहेको छ ।

आयाक्स अघिल्लो सिजन अविश्वनीय रुपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा डोनी टोलीका मुख्य सदस्य रहेका थिए । उनले पनि आयाक्स छोड्ने र क्लबले पनि रिलिज गर्ने तयारी गरेको छ । यसअघि आयाक्सका स्टार खेलाडीहरु फ्रान्की डि जोङ र म्याथ्थिज डि लेग्टले क्लब छाडिसकेका छन् । हाकिम जियाचले चेल्सीसँग सम्झौता गरिसकेका छन् । अब डोनी पनि बाहिरिने तर्खरमा रहेका छन् ।

 

स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार रियल म्यानचेस्टर र युभेन्टसले २३ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्ने चासो देखाएको छ । रिपोर्ट अनुसार रियलले डोनीसँग प्रि–सम्झौता गरिसकेको उल्लेख गरेको छ । तर, युनाइटेड रियलबाट डोनीलाई हाइ ज्याक गर्ने तयारीमा छ ।युनाइटेड अर्काे सिजन आफ्नो मिडफिल्ड बलियो बनाउने योजनामा छ । यसअघि गत जनवरीमा ब्रुनो फर्नान्डेज अनुब्नध भएपछि युनाइटेडको मिडफिल्ड सुध्रिदै गएको छ ।

यस्तै युभेन्टसले पनि डोनीलाई चासो दिइरहेको छ । युभेन्टस म्याथ्थिज डि लेग्टसँग डोनीलाई रियुनाइटेड गर्ने योजनामा छ । डोनीले यो सिजन ३७ खेलमा १० गोल गर्नुका साथै ११ असिस्ट दिएका छन् ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.