default_image

5 years ago

April 29, 2020

गुआर्डीओलाको सहायक बन्ने अलोन्सोको सम्भावना

98 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला हाल आफ्नो सहायकको खोजीमा छन् । मिकेल आर्टेटा उनको साथ छोडेर आर्सनलको मुख्य प्रशिक्षक नियुक्त नयाँ प्रशिक्षकको खोजि भएको हो ।

हाल उक्त पदमा रोडोल्फो बोरेल रहेपनि गुआर्डीओलाले उनलाई सिजनको अन्त्यसम्म मात्र राख्ने भएका छन् । उनले दिर्घकालिन योजनाका लागि आफ्ना नजिकका प्रशिक्षक नियुक्त गर्नेछन् । आर्टेटाअघि डोमिनिक टोरेन्ट सहायक रहेपनि उनले न्यु योर्क सिटी फुटबल क्लबमा जिम्मेवारी पाएका थिए ।

गुआर्डीओलाले हाल रियल सोसीडाडको बी टिम हेरिरहेका आफ्नै पूर्व खेलाडी जाबी अलोन्सोलाई उपयुक्त विकल्पका रुपमा हेरेका छन् । बायर्न म्युनिखमा रहँदा सँगै काम गरेका यी दुईको सम्बन्ध निकै राम्रो रहेको छ । अलोन्सो सन् २०१८ मा सिटीको प्रशिक्षण मैदानमा पनि आएका थिए । उनले धेरै अघि देखि गुआर्डीओला आफूले खेल्दाको उत्कृष्ट प्रशिक्षक रहेको समेत उनले बताए ।

आर्टेटा र अलोन्सो पनि राम्रा साथी हुन् । आर्टेटाले ट्वीटरमा लेख्दै अलोन्सो भविष्यमा राम्रो प्रशिक्षक बन्ने लेखेका छन् । ‘ उनी एकदिन पक्कै प्रशिक्षक हुनेछन् । हाल सोसीडाडको दोस्रो टोली हेरिरहेका उनी भविष्यमा राम्रो प्रशिक्षक हुनेछन् । यसमा म विश्वस्त छु,’ उनले लेखे ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.