default_image

5 years ago

April 29, 2020

पीएसजीले च्याम्पियन्स लिग ‘न्युट्रल भेन्यु’मा खेल्नुपर्ने

143 views

0 Bookmark

एजेन्सी – फ्रान्स सरकारले मंगलबार फ्रान्समा आगमी सेप्टेम्वरसम्म फुटबलका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रान्सको शीर्ष डिभिजनको फ्रेन्च लिग वान र दोस्रो डिभिजनको फ्रेन्च लिग टु फुटबल रद्ध भएको छ । 

फ्रेन्च लिग वान रद्ध भएपनि लिग वानका दुई टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोन युरोपियन क्लब फुटबलको चर्चित युइएफए च्याम्पियन्स लिगमा रहेका छन् । फ्रान्समा सेप्टेम्वरसम्म सबै खेल गतिविधि बन्द हुने भएपछि अब यि दुई टोलीले घरेलु मैदानमा हुने खेलहरु अवे मैदानन ‘न्युट्रल भेन्यु’ मा खेल्नुपर्ने भएको छ ।

पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । लियोनले प्रि–क्वाटरफाइनलमा इटालियन जाइन्ट युभेन्टसविरुद्ध पहिलो लेगमा १–० को अग्रता लिएको छ । युइएफएले घरेलु लिगपछि च्याम्पियन्स र युरोपा लिग गर्ने तयारी गरिरहेको छ । यस्तोमा लियोनले पनि क्वाटरफाइनलको यात्रा तय गरेको अवस्थामा क्वाटरफाइनलको होम म्याच पनि न्युट्रल भेन्युमा खेल्नुपर्नेछ ।

पीएसजीले प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–१ ले पछि परेपनि दोस्रो लेगमा २–० को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । पीएसजीका अध्यक्ष नासिर अब खेलाफीले फ्रान्स सरकारको निर्णयलाई स्वागत गर्दै पीएसजीले च्याम्पियन्स लिगको घरेलु मैदानमा हुने खेल न्युट्रल भेन्युमा खेल्न तयार रहेको बताएका छन् ।

‘हामी फ्रान्स सरकारको निर्णयलाई स्वागत गर्छाै । हामीले च्याम्पियन्स लिग पनि खेल्नुपर्नेछ । फ्रान्स सरकारले सेप्टेम्वरसम्म फ्रान्समा फुटबलमा प्रतिबन्ध लगाएपछि हामीले घरेलु मैदानमा खेल्ने सम्भव नै भएन । हामी खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै न्युट्रल भेन्युमा खेल्न तयार छौं ।’ अध्यक्ष खेलाफीले भने ।

यसअर्थ पीएसजीले क्वाटरफाइनलको पक्का र सेमिफाइनल पुग्न सकेको अवस्थामा अर्काे होम म्याच न्युट्रल भेन्युमा खेल्नुपर्ने हुन्छ ।
पीएसजीले फ्रेन्च लिग वानमा पनि १२ अंकको स्पष्ट अग्रता लिएको थियो । फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलएफपी) को मे महिनामा बस्ने बैठकले पीएसजीलाई उपाधि सुम्पने निर्णय गर्न सक्नेछ । यस्तै घटुवा र बढुवाको निर्णयसँगै अर्काे सिजनको लागि च्याम्पियन्स लिग र युरोपा लिगको लागि टिम छनोट गर्न सक्नेछ ।

पीएसजीलाई उपाधि दिएको खण्डमा पीएसजी पछिल्लो आठ सिजनमा सातौ पटक फ्रेन्च लिग वान च्याम्पियन बन्नेछ । एक सिजन मोनाको च्याम्पियन बनेको थियो ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.