5 years ago
April 28, 2020
एजेन्सी – फ्रान्सका प्रधानमन्त्री एडुआर्ड फिलिपेले देशमा सेप्टेम्बरसम्म कुनै खेल गतिविधि नहुने घोषणा गरेसँगै फ्रान्सको लिग फुटबलका सबै खेल रद्द हुने भएको छ ।
प्रधानमन्त्री फिलिपेले राष्ट्रिय सभामा बोल्दै खेलकुदका सम्पूर्ण गतिविधि सेप्टेम्बरसम्म बन्द गर्न निर्देशन दिएका हुन् । उनले बिना समर्थक होस् या अन्य कुनै विकल्प, कुनै हालतमा पनि अहिलेको अवस्थामा खेल गतिवधि संचालन गर्न नसकिने बताएका हुन् ।
‘ खेलकुदका कुनै ठूला गतिविधि अहिले संचालन हुन् । फुटबलको लागि सिजन २०१९-२० अब सुचारु हुने अवस्था छैन,’ उनले भने,’ खेल भन्दापनि अहिलेको अवस्थामा जुन्सुकु खेलकुदमा प्रशिक्षण समेत गर्ने अवस्था छैन ।’
फ्रान्सेली लिगको शीर्ष दुई श्रेणी पनि यससँगै रद्द भएको छ । तर लिगको उपाधि, बढुवा तथा घटुवाबारे भने छिट्टै फ्रान्सको फुटबल संघले निर्णय लिनेछ । यद्यपि सेप्टेम्बरमा पुन: खेल सुचारु भएको अवस्थामा २०२०-२१ सिजन सुरु हुनेछ । संघले अर्को महिना बैठक बस्ने कार्यक्रम रहेको छ । शिर्ष डिभिजन लिग वनमा पीएसजी १२ अंकको अग्रतासहित शीर्षस्थानमा रहेको छ ।
यसअघि नेदरल्यान्ड्सले आफ्नो लिग रद्द गर्दै उपाधि, घटुवा र बढुवा सबै रद्द गरेको थियो । इंग्ल्यान्डमा केहि क्लबहरुले प्रशिक्षण सुरु गर्दा जर्मनीमा मे दोस्रो साताबाट खेल नै सुरु हुने लक्ष्य रहेको छ । इटालीको हकमा भने संघले मे ८ को दिन निर्णय लिने बताइएको छ । यूईएफएले आफ्नो सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ । फिफाले पनि सबै राष्ट्रलाई आर्थिक सहयोग गरेको छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]