5 years ago
April 28, 2020
एजेन्सी – ब्राजिलियन फुटबल टोलीका पूर्व खेलाडी तथा विश्व फुटबलका प्रभावशाली खेलाडी मध्यका रोनाल्डिन्हो हाल पराग्वेमा सजाय काटिरहेका छन् । उनी आफ्नो एजेन्ट दाजुसँग जाली पासपोर्ट प्रयोग गर्दै पार्ग्वे छिर्न खोजेको कारण सजाय भोग्न बाध्य भएका हुन् ।
रोनाल्डिन्होले जेलबाट मुक्त भएपनि हाल हाउस एरेस्ट (अर्थात् घरमै बन्दि हुने सुविधा) अनुरुप पाराग्वेकै एक होटेलमा छन् । यस घटनापछि पहिलोपटक संचारमाध्यमसँग बोल्दै रोनाल्डिन्होले जिन्दगीमा कहिल्यै यस्तो अवस्था आउला भनेर सोच्न समेत नसकेको बताए । खेल जीवनबाट संन्यास लिएका उनी मैदानभित्र हुँदा पनि मैदान बाहिरका घटनाका कारण चर्चामा आउंथे ।
रोनाल्डिन्होले आफ्नो जीवनमा यो अवस्था आउला भनेर कल्पना समेत नगरेको एबीसीलाई बताए । ‘ मैले कल्पना पनि गरेको थिइनँ की यस्तो अवस्था आउला । मलाई ठूलो धक्का लाग्यो । म पाराग्वे एक पुस्तक र अनलाइन क्यासिनो उद्घाटन गर्न आएको थिएँ । मेरो सबै सम्झौता र कागजहरु मेरो एजेन्टले हेर्ने गरेका छन्,’ उनले भने ।
रोनाल्डिन्होले आफ्नो पासपोर्ट नक्कली रहेको भन्नेबारे कुनै भेउ नपाएको अभिव्यक्ति दिए । ‘ जब हाम्रो कागजात गैरकानुनी छ भनेर भनियो, म स्तब्ध भएँ । हाम्रो गल्ति भएको छ भन्ने थाहा पाएपछि हामीले अदालतलाई सहयोग गरेर साँचो कुरा भन्न लाग्यौं,’ उनले भने ।
‘मलाई विश्वास थियो र प्रार्थना पनि गरेको थिएँ की सबै ठिक हुनेछ । आशा छ अब यो सबै चाडै अन्त्य हुनेछ,’ मिडफिल्डर रोनाल्डिन्होले थपे ।
रोनाल्डिन्होले जेलमा बस्नुपर्दा पनि त्यहाँ वातावरण राम्रो रहेको बताए । ‘ मलाई जेलमा परेपनि त्यहाँका मान्छे राम्रो लाग्यो । मैले त्यहाँ फुटबल खेलें, फोटो खिचें र अटोग्राफ पनि दिएँ । यो सब मेरो जीवनको पाटो हो र त्यहाँपनि मैले त्यसो गर्नु हुन्न भन्ने छैन,’ उनले भने ।
रोनाल्डिन्होले जेल बसाइका क्रममा आन्तरिक फुटसाल प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । उनको टोलीले प्रतियोगिता जित्दै १६ केजीको सुँगुर पुरस्कार समेत पाएको थियो । हाल जेलबाट मुक्त भएर घरबन्दिमा रहेका उनको मुद्दा कोरोना संक्रमणका कारण केहि समय लाग्ने बुझिएको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]