default_image

5 years ago

April 28, 2020

लिभरपुलका लेजेन्ड रोविन्सनको निधन

91 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुल तथा  रिपब्लिक अफ आयरल्यान्डका पुर्व फरवार्ड माइकल रोविन्सनको निधन भएको छ । छालाको क्यान्सरबाट ग्रसित रोविन्सनको ६१ वर्षको उमेरमा निधन भएको लिभरपुलले जनाएको छ ।

उनलाई २०१८ मा छालाको क्यान्सर पत्ता लागेको थियो । त्यसयता, उनी नियमित रुपमा उपचार गराइरहेका थिए । रोविन्सनले लिभरपुलबाट एक सिजन १९८३ देखि ८४ सम्म खेल्दा लिग उपाधिसहित युरोपियन कप र लिग कप जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै रोविन्सनले इंग्लिस क्लब प्रिस्टन, म्यानचेस्टर सिटी, ब्राइटन, क्युपीआर र रेन्जर्सबाट समेत खेलेका थिए ।

उनले सन् १९८९ मा स्पेनिस क्लब ओसासुनाबाट खेल जीवनको अन्त्य गरेका थिए । त्यसपछि उनी स्पेनको सबैभन्दा ख्यातिप्राप्त प्रसारणकर्ता मध्येका एक बनेका थिए । आयरल्याण्डका लागि २४ खेल खेलेका उनले ४ अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

लिभरपुलले विज्ञप्ति जारी गर्दै उनको निधनप्रति समवेदना प्रकट गरेको छ । यस्तै इंग्ल्यान्डका फरवार्ड तथा बीबीसीका म्याच अफ डे का प्रस्तुतकर्ता ग्यारी लिनेकरले उनी राम्रो फुटबलर मात्र नभई स्पेनिस फुटबलको राम्रो प्रस्तु कर्ता समेत रहेका बताएका छन् ।

स्पेनिस टेनिस खेलाडी राफयल नाडाल, स्पेनका पुर्व गोलरक्षक इकर कासियास र स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउले पनि उनको निधनमा समवेदना प्रकट गरेका छन् । अध्यक्ष मारियाले रविन्सनको निधनले विश्व फुटबललाई घाटा भएको उल्लेख गरेका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.