5 years ago
April 28, 2020
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना संक्रमणको विश्रामपछि फुटबल सुचारु भएको अवस्थामा एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रावधानसहितको प्रस्ताव आईएफएबीलाई प्रस्तुत गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले निर्णय गरेपछि मात्र यो प्रस्तावले आधिकारिकता पाउनेछ । विश्व फुटबलले खेल संचालनका लागि मान्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ । आईएफएबीको स्वीकृति प्राप्त भएपछि मात्र फिफाले सदस्य राष्ट्रलाई यसको अबलम्बन गर्न निर्देशन दिनेछ ।
फिफाका प्रवक्ताका अनुसार खेलाडीको स्वास्थ्य ध्यानमा राख्दै यो कदम चालिएको हो । ‘ जब खेल पुन सुरु हुन्छ, अवश्य पनि खेलाडीहरुले कम समयमा धेरै खेल खेल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राख्न जरुरि छ । त्यसैले हामीले पाँच खेलाडी परिवर्तन गर्ने प्रस्ताव पेस गरेका छौं,’ उनले भने । हाल हरेक टोलीले एक खेलमा तीन खेलाडी परिवर्तन गर्न पाउँछन् भने अतिरिक्त समयमा खेल धकेलिए चौथो खेलाडी परिवर्तन गर्न पाइन्छ ।
फिफाले लज अफ द गेममा रहेको तेस्रो नियम अर्थात् खेलाडी परिवर्तनमा केहि समयका लागि ‘ टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने र अतिरिक्त समयमा लम्बिएको खेलमा छैटौं खेलाडी परिवर्तन गर्न पाउने ।’ प्रस्ताव पेस गरेको छ । आईएफएबीले यस विषयमा चाडै निर्णय लिने बुझिएको छ । केहि लिगहरु मे महिनामा नै सुचारु हुने सम्भावना भएकाले विश्वव्यापी रुपमा यसलाई लागु गर्न अध्ययन सुरु भैसकेको छ ।
केहि फुटबल विश्लेषकले यस कदमको स्वागत गर्दै खेलाडी परिवर्तन गर्ने पद्दति भने परिमार्जन गर्नुपर्ने बताएका छन् । केहि टोलीले यसको नचाहिँदो फाइदा उठाउने पनि सम्भावना रहेकाले टोलीले तीन पटक मात्र खेलाडी परिवर्तन गर्न पाउने नियम भने राख्नुपर्ने जिकिर छ । यसो गर्दा एकैपटकमा दुई-तीन जना अथवा मध्यान्तरमा खेलाडी परिवर्तन गर्नुपर्ने हुन्छ ।
फिफाको नजिकका स्रोतका अनुसार यो नियम सन् २०२०-२१ सिजनसम्म पनि लागु हुने सम्भावना रहेको छ । यस सिजनको असर अर्को सिजनमा पनि प्रत्यक्ष रुपमा पर्ने भएकाले केहि समयका लागि यसलाई निरन्तरता दिइने उनले बताए । यद्यपि हरेक लिगले यसलाई अबलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा आफैं निर्णय लिन सक्नेछन् ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]