5 years ago
April 28, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले कीर्तिमानी रकममा अनुबन्ध गरेका खेलाडीद्धय ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो र फ्रेन्च फरवार्ड औसमाने डेम्वेले बेच्ने निर्णय गरेको छ ।
बार्सिलोनाले सन् २०१८ मा कौटिन्हो र डेम्वेलेलाई २६७ मिलियन पाउन्ड खर्चिएको थियो । तर, यि दुई खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा बार्सिलोना दुई खेलाडीलाई नै बेच्ने मनासयमा पुगेको हो । बार्सिलोनाले कौटिन्होलाई इंग्लिस क्लब लिभरपुलबाट १४२ मिलियन पाउन्ड तथा डेम्वेलेलाई १२४.५ मिलियन पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट अनुबन्ध गरेको थियो । कौटिन्हो र डेम्वेले नै शीर्ष पाँच महँगो स्थानान्तरण हो ।
कौटिन्हो अहिले लोनमा जर्मन क्लब बायर्न म्युनिखमा रहेका छन् । डेम्वेले बार्सिलोनामै रहेपनि लगातार चोटसँग जुधिरहेका छन् । दुवै खेलाडीबाट बार्सिलोनाले फाइदा उठाउन सकेको छैन । दि टेलिग्राफका अनुसार समर ट्रान्सफर विन्डो खुल्ने बित्तिकै बार्सिलोनाले यि दुई खेलाडीलाई युरोपका अन्य चर्चित क्लबहरुमा बेच्न इच्छुक रहेको उल्लेख गरेका छन् । बार्सिलोनाले यि दुई खेलाडीलाई कोरोना कारण आर्थिक मन्दीले प्रभाव नपार्ने च्याम्पियन्स लिग खेल्ने क्लबमा बेच्न चाहेको छ ।
यस्तै बार्सिलोनाले युभेन्टसका मिडफिल्डर मिरालेम प्यानिचलाई अनुबन्ध गर्दै ब्राजिली आर्थर मेलोपनि बेच्ने तयारी गरेको छ । यस्तै नेल्सन सेमेडोको स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फुलब्याक जोओ क्यान्सिलोलाई अनुबन्ध गर्ने तयारी गरिरहेको रिपोर्टमा उल्लेख छ ।
यस्तै बार्सिलोनाले इभान राकिटिकलाई सेभिल्लामा पठाउने तयारी गरि रहेपनि उनी इंग्लिस क्लब टोटेनहमसँग नजिकिएका छन् । लिभरपुलका पुर्व मिडफिल्डर कौटिन्हो इंग्लिस क्लब चेल्सीसँग नजिकिएका छन् । डेम्वेलेलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले चासो देखाइरहेको छ ।
तर, डेम्वेलेको लगातारको चोटका उनीहरु केही सतर्क देखिएका छन् । बार्सिलोनाका अध्यक्षका दावेदार उम्मेदवार भिक्टर फन्टले क्लबको बोर्ड मिटिङमा क्लबको आर्थिक अवस्था र नैतिक क्षयबारे चिन्ता व्यक्त गर्दै क्लबले आउदो समरमा खेलाडी अनुबन्ध र स्थानान्तरणमा महत्वाकाङ्क्षी योजनाहरु अघि सारेका छन् ।
यसमा ब्राजिली स्टार नेयमार पुनः अनुबन्ध र अर्जेन्टिनी लोउटारो मार्टिनेज अनुबन्धको योजना समेत रहेको छ । यि दुई फरवार्ड अनुबन्ध गर्न बार्सिलोनाले केही खेलाडीलाई साटासाट पनि समावेश हुनेछन् ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]