default_image

5 years ago

April 28, 2020

कोरोनाले गर्दा रेलिगेसनबाट जोगियो म्याराडोनाको टोली

92 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाको प्रशिक्षणमा रहेको जिम्नासिया ला प्लाटासँगै अन्य तीन टोलीको सम्भावित रेलिगेसन टरेको छ ।

अर्जेन्टिना फुटबल एसोसिएसन (एफए) का अध्यक्ष क्लाउडियो तापियाले यो सिजनको सबै खाले फुटबलको गतिविधि रद्ध गर्ने निर्णय गरेसँगै म्यारोडोनाको टोली जिम्नासियाको रेलिगेसन टरेको हो । म्याराडोनाले सेप्टेम्वर २०१९ मा जिम्नासिया ला प्लाटाको प्रशिक्षण सम्हालेका थिए । ला प्लाटाले पछिल्ला केही खेलमा सुधार गरिरहेको थियो ।

टोली अंक तालिकाको भने पुछारमा नै रहेको थियो । अर्जेन्टिनामा पछिल्ला तीन सिजनको खेल नतिजाको आधारमा रेलिगेसन निर्धारण हुने भएकाले पनि जिम्नासिया दबाबमा थियो ।

शनिबार अर्जेन्टिनाका राष्ट्रपति अल्वेर्टाे फर्नान्डेजले लकडाउन अवधि मे १० सम्म थप्ने निर्णय गरेका थिए । यो निर्णयसँगै सुपर कोपाको प्ले अफको खेलहरु रद्द हुने भएको अध्यक्ष तापियाले थपेका छन्

लकडाउन सुरु हुनुअघि कोपा सुपर लिगाको एक चरणको खेल मात्रै सम्पन्न भएको थियो । सुपर लिगामा २४ टोली रहेको छ । पहिलो चरण १३ मार्च देखि १७ मे सम्म हुने तय थियो । त्यसपछि सेमिफाइनल २४ मे मा तथा फाइनल ३१ मे लाई तय गरिएको थियो ।

अध्यक्ष तापियाले बढुवा निरन्तर हुने र दुई सिजन रेलिगेसन भने नहुने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अबको सिजन सुरु हुन नसक्ने भन्दै सिजन समाप्त गर्ने अध्यक्ष तापियाले बताएका थिए । यसबारे एफएले मंगलबार आधिकारिक रुपमा नै घोषणा गर्नेछ ।

अर्जेन्टिनाको शीर्ष डिभिजन भने गत मार्चमै सम्पन्न भइसकेको थियो । तर, सुपर लिगासहित अन्य लिगहरु रद्द गरिएको हो । यस्तै अध्यक्ष तापियाले आउदो दुई सिजन कुनै पनि टोली रेलिगेसनमा नपर्ने थपेका छन् । ‘हाम्रो लक्ष्य खेल पुनः शुरु गर्नु हो । तर, ठुलो सुरक्षाका साथ खेल सुचारु गर्न कठिनाइ हुनेछ,’ अध्यक्ष तापियाले भने । अर्जेन्टिनामा अहिले ३ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण देखिदा १ सय ९२ जनाले ज्यान गुमाइसकेका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.