5 years ago
April 28, 2020
एजेन्सी – कोरोना भाइरस संक्रमण महामारीका कारण पछिल्लो केहि सातायता विश्व नै ठप्पजस्तो अवस्थामा छ । यसको असरबाट खेलकुद क्षेत्र पनि अछुतो छैन ।
आर्थिक रुपमा खेलकुदमा निकै असर पर्ने आँकलन गरिएको छ । अझ फुटबलको सिजन सकिने अवस्था नजिकिंदा निम्तिएको यस समस्याले खेलाडीको सम्झौता र सरुवा बजारमा नै प्रत्यक्ष असर पार्नेछ । खेल नै रोकिएपछि क्लबहरुको आम्दानी नहुँदा क्लब संचालन गर्ने रणनीति नै परिणत गर्नुपर्ने अवस्था समेत देखिएको छ ।
खेल नहुँदा क्लबहरुले टिकटबाट उठ्ने रकम पाएका छैनन् । युरोपका लिगमा क्लबहरुको २० प्रतिशतभन्दा बढी आम्दानी टिकटबाट मात्र हुने गर्दछ । त्यसपछि टेलिभिजन प्रसारणले पनि क्लबको आम्दानीमा बलियो भूमिका खेल्छ । खेल नै नहुँदा टिकट र प्रसारणको रकम क्लबहरुले पाएका छैनन् । अझ कतिपय टोलीमा प्रायोजकले समेत रकम उपलब्ध गराउन आनाकानी गरेका छन् ।
आम्दानी नभएको अवस्थामा कति क्लबले खेलाडीको तलब समायोजन गरेका छन् त केहिले तलब नै स्थगित गरेका छन् । अब सिजन सकिएलगत्तै क्लबहरुले खेलाडी फुकुवा गर्ने पनि सम्भावना रहेको छ । त्यसको विकल्पमा खेलाडी अनुबन्धन गर्नका लागि अन्यत्र क्लबसँग खेलाडी साटफेर गर्ने प्रस्ताव पनि हुनेछ ।
विशेषगरि ठूला टोलीहरुले आफ्नो सिनियर टोलीको योजनामा नभएका खेलाडीलाई अब लोनमा पठाउने छन् । त्यसो नभएको खण्डमा आफूले इच्छा गरेको खेलाडी अनुबन्ध गर्न दुई-तीन खेलाडी समेत संलग्न गराएर साटफेरको प्रस्ताव पनि हुन सक्नेछ ।
अर्को विकल्प क्लबहरुले आफ्नो एकडेमीका खेलाडीलाई मौका दिन सक्नेछन् । वैकल्पिक खेलाडीका रुपमा अब टोलीहरुले खेलाडी अनुबन्धन गर्ने सम्भावना कम हुनेछ । यसले क्लबको आर्थिक अवस्था कमजोर हुन नदिन सहयोग गर्नेछ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]