5 years ago
April 27, 2020
एजेन्सी – बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ ब्राउट हालान्डले युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र स्विडिस फरवार्ड ज्लाटन इब्रहिमोभिच आफ्नो आदर्श खेलाडी रहेको बताएका छन् ।
हालान्डले क्लबको आधिकारिक वेबसाइटसँग अन्तर्वार्तामा आफूले रोनाल्डो र ज्लाटनको खेल हेरेर बाल्यकालमा धेरै सिकेको बताए । ‘ मैले बाल्यकालमा धेरै खेलाडी पछ्याएँ । तर दुई खेलाडीको प्रदर्शनले म निकै प्रभावित भएँ । रोनाल्डो र ज्लाटनमा बेग्लै भोक थियो । उनीहरु सधैं गोल र बलको भोको देखिन्थे,’ उनले भने ।
लकडाउनको समयमा आफूले कसरी समय बिताइरेहेको भन्ने प्रश्नमा उनले भने, ‘म ध्यान गर्नमा व्यस्त रहन्छु । कहिलेकाहीं साथीहरुसँग फिफा पनि खेलिरहेको छु । मलाई सबैभन्दा मनपर्ने खानेकुरा कबाब हो ।’
यसै सिजन युरोपेली फुटबलको शीर्ष लिगमा रेड बुल साल्जबर्गबाट डेब्यु गरेका हालान्ड जनवरीमा डर्टमुन्ड आएका हुन् । उनले डर्टमुन्डमा पनि आफ्नो उत्कृष्ट लयलाई कायम राखेका छन् । उनले ८ खेलमा ९ गोल गरिसकेका छन् ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]