5 years ago
April 27, 2020
एजेन्सी – नेदरल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार विंगर आर्जेन रोबेनले फुटबलमा फर्कने चाहना राखेका छन् । रोवेनले सन्यास लिएको १ वर्षपछि नै फुटबलमा फर्कने संकेत गरेका हुन् ।
३६ वर्षीय रोबेनले सन् २०१९ को सिजन सकिएलगत्तै जुलाईमा सबै खाले फुटबाट सन्यासको घोषणा गरेका थिए । उनले सन्न्यासको सुरुमा फुटबललाई मिस नगरेको र पछिल्लो समयमा मात्रै फुटबल खेल्ने बारे सोच आएको बताए । अझै खेल्न सक्ने क्षमता रहेको एफसी बायर्न पोडकास्टलाई अन्तर्वार्तामा भनेका छन् ।
‘यहाँ एक चरण थियो । मलाई यस्तै खेल्ने विचार आयो । हुनसक्छ म फेरि खेल्न चहान्छु । समय समयमा मलाई यस्तै भावना आउछ । यो सबैको लागि ज्यादै अनौठो र कठिन समय हो,’ रोबेनले भने, ‘म पनि एक फुटबल खेलाडी हुँ । अहिले विश्व नै कोरोना भाइरसको मारमा छ । फुटबल सुचारु भएपछि म पनि पुनः फुटबलमा फर्कन सक्नेछु । कुन क्लबबाट भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।’
सन्न्यास लिनुअघिको सिजनमा चोटसँग जुधिरहेका कारण उनले लामो समय मैदानमा बिताउने मौका पाएका थिएनन् । त्यसकारण पनि उनी पुनः फुटबलमा फर्किएपनि नियमित रुपमा खेल्ने सम्भावना भने न्युन रहेको छ । रोबेन तीव्र गतिमा कुद्दै विपक्षीलाई छलाउन र गोल गर्न माहिर मानिन्छन् ।
रोबेनले बायर्नमा झन्डै १० वर्ष बिताउँदा ३०९ खेलमा १४४ गोल गर्नुका साथै १०१ असिस्ट दिएका छन् । उनले सन् २००९ देखि २०१९ मा बायर्नमा रहँदा एक च्याम्पियन्स लिगसँगै ८ जर्मन बुन्डेस लिगा र ५ पटक जर्मन कपको उपाधि जितेका थिए । रोबेनले डच क्लब ग्रोनिङइनबाट व्यवसायिक खेल करियर शुरु गरेका थिए । उनले ग्रोनिङइनमा २००२ देखि २००२ सम्म खेले । त्यसपछि उनले पीएसभीमा २००४ सम्म खेल्दै इंग्लिस क्लब चेल्सीमा पुगेका थिए ।
सन् २००४ देखि २००७ मा चेल्सीमा बिताएका रोवेनले २००९ सम्म स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए । त्यसपछि उनले लामो समय जर्मन क्लब बायर्नमा बिताएका थिए । उनले नेदरल्यान्डबाट ९६ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । रोबेनले २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]