5 years ago
April 27, 2020
एजेन्सी – फिफा विश्वकप २०१४ अन्तर्गत अर्जेन्टिनाविरुद्ध फाइनलमा जर्मनीका स्टार मारियो गोट्जेले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनीहरुलाई निराश पारेका थिए ।
बेन्चबाट गएर १ सय १३ औं मिनेटमा भलमार्फत गोट्जेले गोल गरेपछि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले विश्वकप उपाधि जितेको थियो । गोट्जे जो फाइनलको नायक बनेका थिए, उनको आदर्श खेलाडी मेस्सी थिए भन्ने कमैले अनुमान गरेका थिए । उनको गोलको केहि समय पछि जर्मनी टोलीले विश्व कप उपाधि उचालेको थियो । जर्मनीले विश्व कप जितेको त्यो चौथो पटक थियो ।
फाइनलपछि २२ वर्षे गोट्लेले आफू मेडलसहित अर्जेन्टिनी कप्तान मेस्सीसँगको उभिएको फोटो समाजिक सञ्जालमा हाल्दै लेखे ‘जिनियस‘ अर्थात् प्रतिभावान । त्यो फोटोको विषयमा स्मरण गर्दै गोट्जेले अन्तवार्तामा भनेका छन्, ‘इमान्दार भएर भन्दा म कन्फ्रेन्स रुममा थिए । मैले म्यान अफ दी म्याच अवार्ड जितेको थिए । त्यति बेला मैले मेस्सीलाई पछाडि देखें । म उनी भएको ठाँउमा कुद्दै गए । त्यसपछि मैले उनलाई फोटो खिच्नको लागि आग्रह गरें ।’
विश्वकप फाइनल हार्दाको निरासहाजनक क्षणमा पनि मेस्सीले सहजता पूर्वक लिएकोमा गोट्जे प्रभावित भएको सुनाए । उनले भने,’मेस्सी साच्चै राम्रो व्यवहारका छन् ।’ मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका थिए ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]