default_image

5 years ago

April 27, 2020

अर्को महिनाबाट प्रशिक्षण सुरु हुने सम्भावना

90 views

0 Bookmark

एजेन्सी– कोरोना भाइरस कोभिड १९ को अत्यन्तै प्रभावित मुलुकहरुमा इटाली एक हो । जसका कारण इटाली लामो समयदेखि लकडाउन लागु छ । कोरोनाकै कारण इटालियन सिरिए लगायत सबै खेल गतिविधि ठप्प छन् ।

अब विस्तारै भने इटालीमा लकडाउन खुकुलो हुने अवस्था सृजना भएको बताइएको छ । इटालीका प्रधानमन्त्री जिसेपे कोन्टले लकडाउन केहि सहज हुने घोषणा गरेका थिए । उनले मे ४ बाट लागु हुने गरि लकडाउनलाई सहज बनाउन लागिएको बताएका हुन् ।

‘उनले क्लबहरुले मे १८ बाट प्रशिक्षण सुरु गर्न सक्ने उल्लेख गरेका छन् । मलाई फुटबल मन पर्छ । सिरिए सुरु हुनेपर्छ भन्नेमा हामी छौं’, उनले भने, ‘पहिला प्रशिक्षण सुरु हुनेछ । त्यसपछि परिस्थिति हेरेर प्रतिस्पर्धा सुरु गर्न सकिन्छ ।’

युभेन्टसका केहि खेलाडीमा कोरोना संक्रमण देखिएपछि लिग बन्द गरिएको थियो । ड्यानिएल रुगानी, पाउलो डिबाला र ब्लेस मातुइडी सबै ठिक भएका छन् । साम्पडोरियाका केहि खेलाडी पनि संक्रमित भएका थिए ।

आइतबार कोरोनाका कारण इटालीमा २ सय ६० जनाको मृत्यु भएको थियो । मार्च यता मृत्यु हुनेको त्यो सबै भन्दा कम संख्या हो । इटालीमा झन्डै २ लाख संक्रमित छन् भने २६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.